मकवानपुर व्हीनद्धारा बर्तमान श्रम क्षेत्रमा रहेको समस्या र समाधान बारे अन्तरक्रिया सम्पन्न

समग्र उद्योग ट्रेड युनियन नेपाल व्हिन, मकवानपुर जिल्ला समन्वय कमिटीको आयोजनामा साउन १९ गते हेटैडा स्थित जिफन्टको सभाहलमा अन्तर्कृया कार्यक्रम सप्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अन्तरक्रियमा सहभागीहरूले राख्नु भएको जिज्ञासालाइ समेट्दै बर्तमान श्रम क्षेत्रमा  रहेको समस्या र समाधान सहित जिफन्ट र सम्बन्धीत यूनियनले अपनाउनु पर्ने बाटोको बारेमा प्रकाश पार्नु भएको थियो । 

अध्यक्ष श्रेष्ठले श्रमिक कटौती, सम्झौता कार्यवन्यनको जटिलता, श्रम कानुनको कार्यान्वय, योगदानमा अधारीत सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन अहिलेको श्रम बजारमा रहेका हाम्रा चुनौतीहरु हुन, यि चुनोतीहरलाइ समाधान गर्न नयाँ ढंगले आन्दोलन गर्न आवाश्यक रहेको बताउनु भयो ।

व्हीन मकवानपुर जिल्ला समन्वय कमिटी अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा विस्वनाथ संजेलले संचालन गर्नु भएको उक्त भेलामा, व्हिन केन्द्रीय अध्यक्ष आनन्द थामी, सचिव गीता भण्डारी, जिफन्ट वाग्मती प्रदेश अध्यक्ष रामहरी नेपाल व्हिन केन्द्रीय सदस्य बिनोद लामिछाने लगाएतका नेताहरूको सहभागिता रहेको थियो ।