राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल नाबुनको जेठ २२ गते उदयपर जिल्लाको त्रियुगा नगरपालिकामा सम्पन्न नगर भेलाले रेजिला राईको अध्यक्षतामा ११ सदस्यिय त्रियुगा नगर कमिटी गठन गरेको छ ।
भेलाका प्रमुख अतिथि त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राईले संगठनको आबश्यकता र महत्वको बारेमा बोल्नुहुदै, आत्मनिर्भरताले महिलाको जिबनस्तर परिवर्तन हुने हुंदा पेशागत क्षमता अभिबृदी संगसंगै श्रमिक अधिकारको बारेमा सचेत हुन अवश्यक रहेको बताउनु भयो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नाबुन केन्द्रिय संयोजक पम्फा देबकोटा पहारीले नवगठीत कमिटीलाइ बधाइ तथा शुभकामना दिनु हुदै नाबुनको स्थापनाको ईतिहास र भुमिकाको बारेमा प्रकाश पार्नु भयो ।
त्यसैगरी जिफण्ट राष्ट्रिय कमिटी सदस्य माया भण्डारीले सौन्दर्य क्षेत्रमा कार्यरत श्रमिकहरूको अधिकार प्राप्तीकालागी संगठित हुनुको बिकल्प नरहेको भन्नु हुदै यस क्षेत्रमा कार्यरत सबैलाइ नाबुन संगठीत गर्ने अभियानमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सचिव सुजना जोशीले युनियनको उदेश्य, ब्यवसायजन्य स्वास्थ्य सुरक्षा र सिप प्रमाणीकरणको महत्व बारेमा प्रकाश पार्नु भएको सो भेलामा जिफन्ट कोशी प्रदेश उपाध्यक्ष शशी कुमार राई, लगायतका अतिथीहरूको सहभागिता रहेको थियो ।