आ–आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेका दुई वटा ट्रेड युनियन संघहरु नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदुर युनियन र नेपाल स्वतन्त्र कार्पेट मजदुर युनियनको २०६९ असोज १० गते भएको एकता अधिवेशनद्वारा जुट, गार्मेन्ट, कार्पेट, टेक्सटायल मजदुर युनियन, नेपाल (जुगकाटेमयु) को स्थापना भएको हो । यस युनियनले जुट, गार्मेन्ट, कार्पेट, टेक्सटायल, धागो, होजियरी, वासिङ, डाइङ, इम्ब्रोइडरी, बुटिक, पश्मिना लगायतका धागोसँग सम्बन्धित उद्योगमा काम गर्ने श्रमिकहरुलाई समेट्ने गर्छ । टेकसटायल, गार्मेन्ट, कार्पेट उद्योगहरु विगतको तुलनामा कमजोर हुँदै गएको अवस्थामा ट्रेड युनियन आन्दोलनलाई एकताबद्ध गर्ने जिफन्टको नीति अनुरूप यी दुई वटा ट्रेड युनियनहरुको एकता गरिएको हो । एकता अधिवेशन पछि यो युनियनले नयाँ ढंगले संगठन विस्तार गरी सशक्त ट्रेड युनियन संघ निर्माण गर्ने उद्देश्यले आगामी चार बर्षका लागि राष्ट्रिय अधिवेशनद्वारा निम्न सात सूत्रीय कार्यक्रम पारित गरेको छ –

१. मजदुरहरुको स्थायित्व
२. युनियन निर्माण, विस्तार र परिचालन
३. दक्ष जनशक्तिको विकास
४. प्रशिक्षण, तालिम र चेतना विकास
५. आर्थिक स्रोत र परिचालन
६. सामाजिक सुरक्षा
७. सहयात्री र सरोकारवालाहस्ँग सहकार्य

यो युनियनले हाल धेरै श्रमिकहरु रहेको क्षेत्रहरु मोरङ, बारा र काठमाडौंमा युनियन बिस्तारका विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । एकता हुनुभन्दा अगाडि दुबै युनियनहरु अन्तर्राष्ट्रियतहमा टेक्सटायल, गार्मेन्ट र धागोसँग सम्बन्धित ग्लोबल युनियन आईटिजिएलडब्लुएफसँग आबद्ध थियो, हाल अन्तर्राष्ट्रमा उद्योग क्षेत्रसँग सम्बन्धित तीन वटा ग्लोबल युनियनहरु आईटिजिएलडब्लुएफ, आइसीइएम र आईएमएफको एकता पछि बनेको ग्लोबल युनियन इण्डस्ट्रीअलसँग आबद्ध छ ।

संबद्ध गतिविधिहरू

जुगकाटेमयूको १९ औँ बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रम संसारमा अएको परिवर्तनसँगै ट्रेड यूनियन अन्दोलनले पनि समय र परिस्थिति अनुरूप कामलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभएको छ ।

अध्यक्ष श्रेष्ठले सो कुरा जेठ २१ गते जिफन्ट सभाहलमा सम्पन्न जुट, गार्मेन्ट, कार्पेट, टेक्सटाइल मजदुर युनियन नेपाल (जुगकाटेमयू) को १९ औँ बैठकलाई सम्बोधन गर्नुहुँदै बताउनु भएको हो । 

जुगकाटेमयू अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न सो बैठकमा जिफन्ट महासचिव लक्ष्मण  शर्माले जिफन्टको महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रमहरूलाई यूनियनको कामसँग जोडेर लानु पर्ने भन्नु हुँदै श्रम आन्दोलनमा देखापरेका चुनौतीलाई सामना गर्न योजना बनाउनु पर्नेमा जोड दिनुभएको जुगकाटेमयूका महासचिव हरिभक्त अर्यालले जानकारी दिनु भएको हो ।

जुगकाटेमयूले ३८ औँ स्थापना दिवस मनायो

जुट गार्मेन्ट कार्पेट टेक्सटायल मजदुर युनियन नेपाल जुगकाटेमयूको ३८ अं स्थापना दिवसको सन्दर्भमा पुस ८ गते बारा जिल्लाको परवानीपुरमा एक कार्यक्रमको आयोजना गरेको छ ।

जुगकाटेमयु केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झा प्रमुख अतिथि रहनु भएको थियो भने जुगकाटेमयू उपाध्यक्ष  अमर यादव, जिफन्ट मदेश प्रदेश सचिव  मुक्ति चौधरी, जिल्ला सचिव श्यामबाबु पटेल लगायत का नेताहरूको सहभागीता रहेको कार्यक्रममा जुगकाटेमयू त्रिवेणी सेन्थेटिक्स प्रतिष्ठानका अध्यक्ष रामेश्वर महत्तोले स्वगत गर्नु भएको थियो । 

 

काभ्रेमा सिलाइ श्रमिकहरूको भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध जुट, गार्मेन्ट, कार्पेट, टेक्सटायल मजदुर युनियन, नेपाल (जुगकाटेमयु) अन्तरगत काभ्रे जिल्ला सिलाइ कमिटीको भेला चैत्र ९ गते सम्पन्न भएको छ ।

जिफन्ट राष्ट्रीय  कमिटी सदस्य फुलमाया लामाको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा भएको जिफन्ट बाग्मती प्रदेश उप-सचिब शान्ति कार्की सचिवालय सदस्य सालिकराम सुवेदी र दिवाकर पोख्रेल लगाएतको उपस्थिति रहेको थियो ।
 

जुगकाटेमयु कैलाली जिल्ला अध्यक्षमा अनिता श्रेष्ठ चयन

नेपाल ट्रेड युनियन महासघ (जिफण्ट) आवद्ध जुट, गारमेन्ट, कार्पेट, टेक्टायल मजदुर युनियन, नेपाल (जुगकाटेमयु) कैलाली जिल्ला भेला चैत्र १३ गते सम्पन्न भएको छ । 

जिफन्ट सुदुरपस्चीम प्रदेस उपाध्यक्ष ठक्कर बिष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न सै भेलाले अनिता श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय जुगकाटेमयु कैलाली जिल्ला कमिटी गठन गरेको छ । 

भेलामा प्रदेस जिफन्ट सुदुरपस्चीम प्रदेस सचिव चन्द्र प्रकाश गैह्रे, जिफन्ट कैलाली जिल्ला समन्वय कमिटी संयोजक सुमित कुमार श्रेष्ठको सहभागिता रहेको थियो ।

जुगकाटेमयु एस एच कार्पेटको अध्यक्षमा कोपिला श्रेष्ठ चयन

नेपाल ट्रेड युनिणन महासंघ (जिफण्ट) आवद्ध जुट, गार्मेन्ट, कार्पेट, टेक्सटायल मजदुर युनियन, नेपाल (जुगकाटेमयु)ले  एस एच कार्पेटको चैज्ञ १६ गते सातौ अधिबेशन सम्पन्न गरेको छ । 

जिफन्ट सचिब क कृष्ण के सि, जुगकाटेमयु उपाध्यक्ष फुलमाया लामा लगायतका अतिथीहरू सहभागी सो अधिवेशनले कोपिला श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

निर्वाचित कमिटीलाइ जुगकाटेमयु केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले पद तथा गोपनिताको सपथ ग्रहण गराउनु भएको थियो ।