नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले श्रमिकहरुको आर्थिक सामाजिक सम्पदा र मर्यादा जिफन्टको एउटा मात्र अभिष्ट भएको बताउनु भएको छ।
अध्यक्ष श्रेष्ठले सो कुरा जिफन्ट आवध्द निर्माण श्रमिकहरुको युनियन नेपाल बिजुली, पेण्टर प्लम्बर तथा निर्माण मजदुर यूनियन क्युपेक नेपालको २८औं स्थापना दिवसको उपलक्ष्यमा जेठ १८ गते बुटवलमा आयोजित राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा बताउनु भएको हो।
क्यूपेक अध्यक्ष शान्ता बस्नेतको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अध्यक्ष श्रेष्ठले बदलिँदो श्रम बजारमा आएका परिवर्तनहरुलाई आत्मसात गर्दै युनियनका नीति तथा रणनीतिहरु पनि बदलेर हरदम सशक्त र प्रभावकारी रहन परिषद सदस्यहरूलाइ निर्देशन गर्नुहुदै अबको नेपाली श्रम आन्दोलनले विगतमा श्रमिकहरुको बलिदानीपूर्ण योगदानहरुले प्राप्त राजनीतिक परिवर्तन, संविधानमा मौलिक हकको रुपमा व्यवस्थित गरिएका श्रमिकका अधिकारहरु तथा श्रम कानुनहरुको पालना गर्ने गराउने दिशामा अघि बढ्नु जरुरी रहेको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले सम्पूर्ण श्रमिकहरुले भेदभाव बिना पाउनुपर्ने योगदानमा आधारित सामाजिक सुरक्षामा आफ्नो योगदान गर्दै र रोजगारदाता तथा सरकारको सहयोगदानको लागि डटेर अघि बढ्ने अभियानमा सबै कृयाशिल रहन आव्हान गर्नुभयो।
समारोहमा जिफन्ट महासचिब लक्ष्मण शर्मा लगाएतका अतिथीहरूले श्रम अन्दोलनका बारेमा प्रकाश पार्नु भएको थियो ।
करीव १५० जना परिषद सदस्य सहभागी रहेको परिषद बैठक जेठ १८ र १९ गते दुर्इ दिन संचालन भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)सँग आवद्ध नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु) होटल पोखरा ग्राण्डको माघ २३ गते सम्पन्न विशेष अधिवेशनले यमप्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
नेस्वहोमयुका केन्द्रीय अध्यक्ष तिवारीले पर्यटन क्षेत्रमा क्रियाशील युनियन होटलको एकमात्र आधिकारिक ट्रेड युनियन भएको बताउनु हुंदै युनियन सामूहिक र संस्थागत रुपमा चल्ने जीवन्त संस्था भएकोले कुनै व्यक्तिको लहडमा युनियन नचल्ने बताउनु भयो ।
अध्यक्ष तिवारीले युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका पोखरा ग्रान्डका अध्यक्ष मनमोहन गायकलाइ युनियन बिरोधि गतिबिधीमा संलग्न भएको कारण साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको बताउनु भयो ।
जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले सीमित व्यक्ति पलायन हुँदैमा निरन्तर र जीवन्त चल्ने युनियनलाई असर नपर्ने भन्दै एकताबद्ध, संगठित र संयमित भएर श्रमिकको हक हितमा निरन्तर रुपमा काम गर्नु पर्नेमा जोड दिनु भयो ।
नेस्वहोमयुका केन्द्रीय सचिव बद्रीकुमार भण्डारीले विगत १८ वर्षदेखि एकछत्र रुपमा आधिकारिक ट्रेड यूनियनको रुपमा स्थापित नेस्वहोमयू श्रमिकका सबै समस्या हल गर्ने क्रियाशिल रहेको बताए ।
विशेष अधिवेशनको उद्घाटन समारोहमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य पम्फा पहारी, जिफन्ट प्रदेश कमिटी सदस्य बद्रिनाथ सुवेदी, नेस्वहोमयुका केन्द्रीय सदस्य केशवप्रसाद सापकोटा, यूनियन होटल पोखरा ग्रान्डका उपाध्यक्ष नीता मैनाली, सचिव रामचन्द्र आचार्य लगायतले पर्यटन क्षेत्रका श्रमिकका बारेमा मन्तब्य राख्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले झापा, इलाम, पाँचथर, ताप्लेजुङ र कोशीका धनकुटा जिल्लाका चिया तथा अलैंची क्षेत्रमा कार्यरत श्रमिकका लागि यही असार ९ गते होटल हेभेन ग्राण्डमा पेशागत स्वास्थ्य तथा सुरक्षासम्बन्धी तालिमको आयोजना गरेको छ । प्रान्त। तालिममा चिया तथा अलैँची क्षेत्रमा संगठन विस्तार गरी कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ आयोजित ३४ प्रशिक्षक नेताहरुको सहभागिता रहेको थियो ।

चिया बगान क्षेत्र युनियनका संयोजक सन्त राईले कार्यक्रमको औचित्यमा प्रकाश पारेका थिए भने प्रशिक्षकहरुको तालिमको सहजीकरण उपसभापति तथा शिक्षा विभागका प्रमुख विदुर कार्कीले गरेका थिए । जिफन्टको कोशी प्रदेश अध्यक्ष किशोर धमलाले उक्त क्षेत्रमा संगठन विस्तार गर्ने जिफन्टको भावी कार्ययोजनाबारे जानकारी दिँदै असार महिनाभित्र तालिम कार्यक्रमका लागि झापा, इलाम र धनकुटामा छुट्टाछुट्टै रुपमा अग्रणी कार्यकर्ता भेला गरिने बताए । व्यावसायिक स्वास्थ्य र सुरक्षा मा।

कान्तिपुर संयुक्त संघर्ष समितिले कान्तिपुर पब्लिकेसन्समा २०८० जुन २८ मा एक कार्यक्रमको आयोजना गरेको थियो । इम्प्रेशन नेपालसहित चार युनियनका मजदुर–कर्मचारी संयुक्त संघर्ष समितिले कान्तिपुर पब्लिकेसन्सका प्रबन्धक समक्ष विभिन्न ७ मागसहित विरोध प्रदर्शन गरेको छ । कार्यक्रममा इम्प्रेस नेपालका अध्यक्ष बालगोपाल थापाले यहाँका सबै कर्मचारी र श्रमिकलाई पत्रकार ऐन बमोजिम आफ्नो हक, सुविधा र सुविधा पाउनुपर्नेमा जोड दिए । यदि यी अधिकारहरू कानूनले अनिवार्य रूपमा पालना नगरेमा व्यवस्थापनलाई जवाफदेही बनाउने र कार्यान्वयन गर्ने क्षमता हामीसँग रहेको उनले जोड दिए। बालगोपाल थापाले कर्मचारीहरुको हक अधिकार र सुविधा सुनिश्चित गर्न यस्ता कार्यहरुलाई सहयोग गर्ने इम्प्रेशन नेपाल प्रतिबद्ध रहेको बताए । कान्तिपुर संघर्ष समितिले पत्रकार कानूनको पूर्ण कार्यान्वयन र सम्माननीय सर्वोच्च अदालतको फैसलाको पूर्ण प्रचारप्रसार, राजीनामा दिएमा पत्रकार कानूनबमोजिम विछोडको पारिश्रमिकको व्यवस्था, कर्मचारी कटौती भएमा क्षतिपूर्तिको व्यवस्था गरी देहायका ७ माग समेटेको छ । पत्रकार ऐन र नियमावलीमा घर बिदा र विदा दिने, कल्याणकारी कोषको स्थापना, सेवा प्रारम्भदेखि नै सामाजिक सुरक्षा कोषमा समावेश गर्ने व्यवस्था छ ।
चिया क्षेत्रमा कृयाशिल ट्रेड यूनियन संघहरू नेपाल कृषी तथा बगान श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले श्रावण ८ गते झापा जिल्ला प्रसाशन कार्यालय मार्फत नेपाल सरकार प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ ।
न्युनतम पारीश्रमिक बृद्धी गर, रोजगार सम्झोता लागु गर, योगदानमा अधारीत सामाजिक सुरक्षा कार्यान्वयन गर आदी लेखीएको ब्यानर सहित झापा जिल्ला प्रसाशन कार्यालयमा श्रमिक र्याली पुगेको हो ।
गत असार ५ गते उद्योगीलाई आफ्ना मागको बारेमा अवगत गराइएको भएपनी उद्योगीहरूले कुनै वास्ता नगरेको हुनाले साउन १ गतेदेखि ३ वटा ट्रेड यूनियनहरूले संयूक्त रूपमा श्रावण ७ गते सम्म कार्य स्थलमा कालो झन्डा राखी बिरोध गर्दै आउनु भएको थियो ।

काठमाडौं, श्रमिक संगठनहरु तथा चिया उत्पादकबीच चिया वगान तथा कारखानाहरुमा न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सहमति जुटेको छ । सरकारले गत साउन ३१ गते राजपत्रमा प्रकाशित गरेको चियावगान तथा कारखानाहरुमा काम गर्ने श्रमिकको लागि तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न उद्योगी सहमत भएसँगै लामो समय देखि बन्द चिया वगान खुलेका छन् । यसअघि उद्योगीहरु सरकारले बृद्धि गरेको न्यूनतम पारिश्रमिक दिन तयार नभएपछि गत चैत्र १७ गतेदेखि चियावगान र कारखानाहरु बन्द थिए ।
दुई पक्षबीच भएको सहमति अनुसार न्यूनतम पारिश्रमिक आधारभूत तलवमा रु २ सय ३१, महंगी भत्ता रु १ सय ५४ बृद्धि गर्ने सहमति भएको छ । यसैगरी कारखानामा काम गर्ने, नाइके तथा चौकीदारको अतिरिक्त भत्ता दैनिक रु ४२ सवै चियावगान तथा कारखानामा कार्यान्वयन गर्ने सहमति भएको छ । सो फरक रकम आगामी चैत्र मसान्तसम्ममा भुक्तानी गरिसक्ने सहमति दुवै पक्षले गरेका छन् ।
यसैगरी श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ मा भएको व्यवस्था नेपाल चिया उत्पादक संघमा आवद्ध चियावगान तथा कारखानामा कार्यान्वयन गर्ने सहमति पनि भएको छ । सहमतिमा नेपाल चिया उत्पादक संघ र ट्रेड यूनियनहरुका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

यसअघि विभिन्न चरणमा आन्दोलन गरेका चिया बगान तथा कारखानाहरुमा काम गर्ने श्रमिकले झापामा सडकमा सुतेर समेत विरोध प्रदर्शन गरेका थिए । न्यून्तम पारिश्रमिक कार्यान्वयन गराउन सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएपछि उद्योगीहरु श्रमिकलाई बृद्धि भएको न्यूनतम पारिश्रमिक दिन सहमत भएका हुन् । सो सहमतिसँगै झण्डै डेढ महिनादेखिको आन्दोलन सकिएको छ ।