राष्ट्रिय सोन्दर्यकर्मी युनियन नेपाल (नावुन)को अयोजनामा विर्तामोड नगर कमिटीका पदाधिकारीहरुलाई २ दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
भदौ १ र २ गते बिर्तामोडमा संचारकर्मी भिमा सिवाकोटीले प्रशिक्षण दिनु भएको सो तालिम कार्यक्रमको संचालन नावुन केन्द्रिय सचिवालय सदस्य धनु कन्ङवाले गर्नु भएको थियो ।
नेपाल टेड युनियन महासंघ जिफन्टले तारकेश्वर नगरपालिकामा कार्यरत सरसफाइ तथा सरसफाइ वगिर्करण क्षेत्रका श्रमिकहरूका लागि एक दिने नेतृत्व विकास तथा सांगठानिक सिप प्रशिक्षणको आयोजना गर्यो ।
उक्त प्रशिक्षणको शुभारम्भ गर्नुहुँदै जिफन्ट उपाध्यक्ष विदुर कार्कीले कार्यक्रमको उध्देश्य माथी प्रकाश पार्नु भयो ।
जिफन्ट परियोजना संयोजक शंकर घिमिरेका अनुसार नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) का महासचिव ज्ञानु केसीले सहभागीहरूलाई नेतृत्व विकास र साङ्गठानिक सिप बिकासबारे प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको समापन मन्तव्यमा नेपाल सफार्इ कर्मचारी युनियनका अध्यक्ष मोहन नेपालीले प्रशिक्षणमा सिकेका कुरा व्यवहारमा लागूगर्न सहभागीहरूलाई अनुरोध गर्नुभयो ।
जिफन्ट आवद्ध स्पोर्टस युनियन नेपाल (सन) ले भाद्र १ गते जिफन्ट सभाहलमा उपत्यका स्तरीय आधारभुत ट्रेड युनियन प्रशिक्षण कार्यक्रमको आयोजना गर्यो ।
प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले ट्रेड युनियनका आधारभूत जानकारीबाट ट्रेड युनियन आन्दोलन हाँक्ने मानसिकताको विकास हुने बताउनु भयो ।
शुभारम्भ सत्रमा जिफन्ट उपध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिब कृष्ण बहादुर केसी लगायतले कार्यक्रमको सफलताको कामना गर्नुभयो ।
सहभागीहरूलाई स्पोर्टस युनियन नेपालका अध्यक्ष एवं जिफन्ट उपाध्यक्ष सीता लामाले प्रशिक्षण दिनु भएको थियो ।
पुरा फोटोकोलागी https://www.facebook.com/media/set/?set=a.122111106086435116&type=3
राष्ट्रीय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) को संगठन सुदृढीकरण अभियान अन्तर्गत मकवानपुर जिल्लाको बज्रबाराही नगरपालीकामा सौन्दर्यकर्मीहरूको भेला भाद्र १ गते सम्पन्न भएको छ ।
नाबुन मकवानपुर अध्यक्ष करूणा अधिकारीको अध्यक्षतामा सम्पन्न सो भेलाले प्रिया बिडारीको अध्यक्षतामा १० सदस्यीय पालिका कमिटी पुर्नगठन गरेको छ ।
नाबुन बागमती प्रदेश सहसचिव पुजा बस्नेत लामाको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलामा प्रदेश सदस्य सबिना बानियां, मकवानपुर निवर्तमान अध्यक्ष सजिता केसी अतिथी रहनु भएको थियो।
त्यसैगरी नाबुन देबदह नगरकमिटीको आयोजनामा भाद्र १ गते जस्मिन गुरुङको अध्यक्षतामा नाबुन सदस्यहरूलाई १ दिने दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
सर्लाहीको सागरनाथ वन विकास परियोजनाले त्यहाँ कार्यरत श्रमिकहरूको बाँकी तलब भुक्तानी गर्ने सम्बन्धमा कार्ययोजना बनाउन कमिटि गठन गरेको छ ।
श्रमिकहरूलाई श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ अनुसारको सुविधाहरू र तलब भुक्तान गर्ने सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट परमादेश जारी भैसकेको परिप्रेक्षमा सोही अनुसारको कार्ययोजना पेश गर्न बैठकले कमिटिलाई निर्देशन दिएको जनाइएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेशले धनगढी विमानस्थलको पार्किङ शुल्क घटाउन माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई साउन ३२ गते ज्ञापनपत्र बझाउँदै पूर्वत शुल्क नै कायम गर्न माग गरेको हो ।
सगंठनले सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नेपाली काग्रेंसका प्रमुख सचेतक बिक्रम धामी र नेकपा एमालेका प्रमुख सचेतक चक्र मल्ललाई समेत ज्ञापनपत्र बुझाएको छ ।
त्यसैगरी नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संचालन गरेको कार्यथलो अभियान अन्तरगत गण्डकी प्रदेशको शान्ती निकुञ्ज माध्यमिक विद्यालयलाइ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने संगठनको निजी तथा आवासीय विद्यालय महानगर कमिटी सल्लाहकार तथा बिरौटा इकार्ई अध्यक्ष सुर्य बिकलाइ सम्मानित गरेको छ ।