नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा भदौ १२ गते भिमदत्त नगरमा एक दिने नेतृत्व बिकास तालिम सम्पन्न भयो ।
केन्द्रिय सचिव खडक बहादुर रोकामगरको अध्यक्षता र जिफण्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश उपसचिव तथा जनसंगठन समन्वय संयोजक नरबहादुर विश्वकर्मा, जिफण्ट प्रदेश कमिटी अध्यक्ष जित बहादुर मल्ल, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महेश पन्त लगायत नेताहरूको सहभागिता रहेको थियो ।
नेपाल ट्रेड युनियन महासघ जिफन्ट सम्बद्ध युनियन आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल युनियन, इम्प्रेशन नेपाल केन्द्रिय पदाधिकारी र सल्लाहकारहरू समेतको टोलिले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार बिष्णु रिमाल समक्ष भेट गरेको छ ।
इम्प्रेशन नेपालका केन्द्रिय अध्यक्ष बालगोपाल थापाको नेतृत्वमा भाद्र ११ गते सिहदरवार स्थित प्रधानमन्त्रीको कार्यालयमा भेटमा प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलि, जिफन्ट सचिव तथा इम्प्रेशन नेपालका प्रतिनिधि परिषद प्रमुख महेन्द्र लाल श्रेष्ठ, आइसीटी प्रोफेसनल्सका पूर्व संयोजक तथा आइसीटी बिज्ञ रोमकान्त पाण्डे, टेलिकम बिज्ञ डा शालिग्राम पराजुली लगायत आइसीटी क्षेत्रका बिज्ञ र इम्प्रेशन नेपालका केन्द्रिय पदाधिकारीहरूको उपस्थिति रहेको थियो l
भेटको अवसरमा मुख्य सल्लाहकार बिष्णु रिमालले आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्न प्रयास गर्ने बताउनु हुँदै "तपाईँ इम्प्रेशन संग सम्बन्धित श्रम, संचार र प्रविधि क्षेत्र आजको सन्दर्भमा निकैनै सम्बेन्दंशील छन् यी बिषयहरु जनता र राज्य संचालनमा हरेक पल जोडिनछन्, त्यसैले कुनै पनि सरकारको सफलता र असफलता यी क्षेत्रहरूमा सरकार र राज्य संचालनका सबै अङ्गहरूले देखाउने दक्षता (पर्फर्मेन्स) मा निर्भर गर्ने बताउनु भयो ।

इम्प्रेशनको यो बिज्ञ टोलीले गरेको भरोसा, विश्वास र माया प्रति सधैँ आभारी रहने मुख्य सल्लाहकार बिष्णु रिमालले बताउनु भयो ।
टोलीको तर्फबाट भेटको उद्देश्यबारे संक्षिप्त मन्तब्य राख्दै इम्पेशन महासचिब सुरज अधिकारीले श्रम, संचार र प्रविधि क्षेत्रका, नयाँ र पुरानो दुवै पुस्ता बिच उतिकै भरोसायोग्य व्यक्तिलाई प्राप्त मुख्य सल्लाहकारको जिम्मेवारीले हालको निराशाजनक अवस्थामा नयाँ परिणाम निस्कने विश्वास रहेको र प्राप्त जिम्मेवारी र भूमिकाको लागि हार्दिक शुभकामना र बधाई दिनुभयो l

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नेपाल हेटौंडा उपमहानगर पालिका वडा नं ७ मा भाद्र १० गते सम्पन्न निर्माण श्रमिकहरूको भेलाले कमल चौहान को अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन गरेको छ ।
क्युपेक नेपाल मकवानपुर जिल्ला सल्लाहकार देवि प्रसाद दहालको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलामा नगर अध्यक्ष खडग बहादुर गोले, सचिव पुर्ण बहादुर बराल र कोषाध्यक्ष बिजय घिसिङ लगाएतका अतिथीहरूको सहभागीता रहेको थियो ।
त्यसैगरी क्युपेक नेपालको बुढानिलकण्ठ १३ न वडाको भाद्र १० गते सम्पन्न तेस्रो अधिबेशनले बिनोद श्रेष्ठको अध्यक्षतामा वडा कमिटी निर्वाचित गरेको छ ।
क्यूपेक काठमाण्डौ जिल्ला अध्यक्ष टेक बहादुर कार्कीको प्रमुख अतिथ्यमा सम्पन्न सो अधिवेशनमा जिल्ला सदस्य सरू महर्जन, जिफन्ट पालिका अध्यक्ष गणेश लाल श्रेष्ठ, क्यूपेक पालिका अध्यक्ष रूद्र श्रेष्ठ लगाएतका क्यूपेक नेताहरूको अतिथी रहनु भएको थियो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन)को संगठन सुदृढीकरण अभियान अन्तरगत ललितपुरको टंगालमा भदौ ११ गते सम्पन्न भएको भेलाले सरिता ताम्राकारको अध्यक्षतामा ७ सदस्यीय इकाइ कमिटि गठन गरेको छ ।
पुनम थापाको अध्यक्षता र महासचिव सुजना जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा प्रमुख अतिथी जोशीले पद तथा गोपनियताको शपथग्रहण गराउनु भएको थियो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) बिराटनगर महानगर कमिटिले भदौ ९ गते विराटनगरमा हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
भली सुब्बाको अध्यक्षता, जिफन्ट प्रदेश अध्यक्ष किशोर धमलाको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नाबुन केन्द्रीय सचिबालय सदस्य ममता प्रधान लगाएतका केन्द्रीय तथा प्रदेश स्तरीय नेताहरू अतिथी रहनु भएको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदुरपस्चिम प्रदेश कमिटिको बिस्तारित बैठक ललित चन्दको अध्यक्षतामा भदौ ९ गते सम्पन्न भयो ।
उक्त बैठकले सुदुर पश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा संगठन बिस्तार गर्ने, बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा सचेतना अभियान संचालन गर्ने कार्ययोजना निर्माण गरेको छ ।
संगठन केन्द्रीय अध्यक्ष भिमज्वाला राईको प्रमुख अतिथ्यमा सम्पन्न बिस्तारीत बैठकले अगामी १ वर्षकालागि ७ बुदे कार्य योजनाहरू तय गरेको हो ।
बैठकमा केन्द्रीय उपमहासचिब तथा प्रदेश इन्चार्ज खगेन्द्र वली, जिफन्ट उपाध्यक्ष ठक्कर बिस्ट लगाएतका नेताहरूको उपस्थीती रहेको थियो ।