गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

साइप्रस जाने १०० जना श्रमिकहरूलाई सामाजिक सुरक्षाबारे प्रशिक्षण

वैदेशिक रोजगारीकालागि साइप्रस जाने तयारीमा रहेका १०० जना श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षाबारे प्रशिक्षण कार्यक्रम भाद्र ९ गते काठमाण्डौमा सम्पन्न भएको छ । 

नेपाल ट्रेड युनियन महसंघ जिफन्ट, सामाजिक सुरक्षा बिभाग सचिव तारा निधि पन्त, सामाजिक सुरक्षा कोषको अधिकृत राधिका निरौला, सार्थक महरा र वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष सन्जु गुरुङले कसरी सूचीकृत हुने र यसबाट कसरी लाभान्वित हुने सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो । 

कार्यक्रममा प्रशिक्षकहरूले वैदेशिक रोजगारमा जाने श्रमिकको अधिकार र कर्तव्यको बारेमा पनि प्रशिक्षित गराउनु भएको थियो ।

जिफन्ट लुम्बिनी प्रदेशको बिस्तारीत बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेशको बिस्तारीत बैठक भदौ ९ गते बुटवलमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न भयो । 

प्रदेश अध्यक्ष हुमाकान्त काफ्लेको अध्यक्षतामा सम्पन्न सो बैठकलाइ सम्बोधन गर्नु हुदै जिफन्ट अध्यक्ष श्रेष्ठले जिफन्टको संरचना र घटक लगायत स्थनीय तहका सम्बन्धित निकायहरुसङ्ग समन्वय हुन आवश्यक रहेको भन्नु हुदै श्रम अन्दोलनमा भएका समस्याहरूलाइ समाधान गर्न जिफन्ट र सम्बध्द युनियनका संरचनामा रहेका नेताहरूको दायित्व प्रमुख हुने बताउनु भयो ।

अध्यक्ष बिनोद श्रेष्ठले प्रदेश कार्यालयको प्राङ्गणमा बृक्षारोपण गरी सुरू गरेको बिस्तारीत बैठकमा भाद्र ८ गते बुटवलमा सम्पन्न ओम्स नेपाल प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीलाइ संक्षिप्त बधाइ तथा शुभकामना कार्यक्रम समेत आयोजना गरेको थियो ।
 

जलबायु परिबर्तन न्युनिकरण विषयक सामाजिक सम्बाद सम्पन्न

नेपाल ट्रेड युनसियन महासंघ जिफन्ट आबद्घ युनियन युनिट्राभले उच्च हिमाली र तराइ क्षेत्रमा जलबायु परिबर्तनबाट पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको रोजगारिमा परेको असर र प्रभाव न्युनिकरण विषयक सामाजिक सम्बाद कार्यक्रम आयोजना गरेको छ । 

लुम्बिनी बिकाश कोष, लुम्बिनीमा  भदौ ८ गते सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले मर्यादित कामका साथै पेशागत हकहित र अधिकारको लागि हामीले जिम्मेवार श्रमिकको भुमिका खेल्नु पर्ने भनाइ राख्नु भयो । 

कोषका सदस्य सचिब सानुराजा शाक्यको विशेष आतिथ्यता रहेको सो कार्यक्रममा युनिट्राभका अध्यक्ष सुमन पराजुलीले सामाजिक सुरक्षा लागु गरेकोमा धन्यवाद दिनुहुदै श्रमिक–श्रमिक बिचमा सेवा सुबिधा बिच बिभेद हुन नहुने भनाइ बताउनु  भयो । 

प्रतिष्ठानका अध्यक्ष नबराज अधिकारीले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रम जिफन्टका पूर्व सचिब दामोदर सापकोटाले संचालन गर्नु भएको थियो ।

जिफन्ट बाँसगढी नगरको अध्यक्षमा मेघराज खत्री

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँसगढी नगर कमिटी तेस्रो अधिवेशन भाद्र ८ गते सम्पन्न भएको छ। 

जिफन्ट राष्ट्रिय कमिटी सदस्य पुर्ण बहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले मेघराज खत्रीको अध्यक्षतामा ९ सदस्य कमिटी निर्वाचित गरेको छ ।

जिफन्ट बर्दिया जिल्ला समन्वय कमिटी सचिव अञ्जना चौधरीले संचालन गर्नु भएको सो कार्यक्रमको अध्यक्षता हेमन्त कुमार केसिले गर्नु भएको थियो । 
 

फापुनद्धारा तालिम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बद्ध युनियन फापुनको आयोजनामा भाद्र ६ गते पर्सा जिल्लाको बिन्दबासिनी गाउँ पालिकामा र भाद्र ७ गते पकहा मैनपुर गाउँपालिकामा कार्यरत कृषि क्षेत्रमा कार्यरत  श्रमिकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भयो ।

जिफन्ट उपाध्यक्ष बिदुर कार्की र मदेश प्रदेश अध्यक्ष कमलेश झाले आधारभुत ट्रेड युनियन सम्बन्धी तालिम दिनु भएको सो कार्यक्रमको सहजिकरण प्रदेश सचिव मुक्ती चौधरीले गर्नु भएको थियो ।

तालिम कार्यक्रम पछी पकहा मैनपुर गाउँपालिकामा आयोजित कृषि श्रमिक भेलाले पुनम कुमारीको अध्यक्षतामा ९ सदस्य इलाका कमिटी समेत गठन गरेको छ ।

त्यसैगरी जिफन्ट उपाध्यक्ष बिदुर कार्कीको प्रमुख अतिथ्यतामा भदो ८ गते बिरगंज महानगर पालिकामा सम्पन्न कृषि श्रमिकहरूको भेलामा नेकपा एमाले प्रदेश सदस्य बिन्दु श्रेष्ठ,  जिफन्ट मदेश प्रदेश उपाध्यक्ष अमर यादबले कृषि श्रमिकहरूको समस्या र समाधानका बिषयमा मन्तब्य राख्नु भएको थियो ।
 

ओम्स नेपालको अध्यक्षमा सुर्य प्रसाद पराजुली निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बद्ध युनियन बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ ओम्स नेपालको भाद्र ८ गते बुटवलमा सम्पन्न प्रथम अधिवेशनले सुर्य प्रसाद पराजुलीको अध्यक्षतामा २८ सदस्य केन्द्रीय कमिटी निर्वाचित गरेको छ । 

अधिवेशनको उद्घाटन गर्नु हुँदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्टमा सबै भन्दा पछाडि आवध्दता प्राप्त गरेको यस युनियन अन्य संगठनको तुलनामा फरक प्रकृतीको रहेको बताउँदै यस्ले अगामी दिनमा ट्रेड युनियन आन्दोलनमा नमुना भएर काम गर्ने बताउनु भयो । 

अध्यक्ष श्रेष्ठले नेपालको श्रमक्षेत्रमा आएको परिवर्तन सँगै ट्रेड युनियन आन्दोलनलाई पनि समय सापेक्ष परिवर्तन गर्दै अगाडी बढ्नु आजको आवश्यकता रहेको भन्नु हुँदै श्रमिकको बलिदानबाट प्राप्त संवैधानिक व्यवस्था, सफलताहरू र स्थापित प्रावधानहरूलाई प्रभावकारी  कार्यान्वयन गर्न र गराउनकालगी बलियो र भर पर्दो ट्रेड युनियन आन्दोलनको जरुरी रहेकोमा जोड दिनु भयो । 

जिफन्ट स्थापनाकाल देखी उठाउँदै आएको एक वर्ग एक संगठन, एक क्षेत्र एक ट्रेड युनियनको नारालाई सार्थक वनाउन निरन्तर लागि रहेको बताउँदै श्रमिजिविका सबै खाले समस्यालाई समाधान गर्दे सुमधुर श्रम सम्बन्ध, औद्योगिक शान्ति र श्रमिकको सामाजिक आर्थिक रुपान्तरणकालागि जिफन्ट प्रतिबद्ध रहेको बताउनु भयो । 

जिफन्टले यो कार्यकालमा २० लाख श्रमिकहरूलाई योगदानमा आधारित  सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने अभियान थालेको भन्नुहुँदै यस क्षेत्रमा कार्यरत समस्त श्रमिकहरूलार्इ सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन अब्हान पनि गर्नु भयो । 

ओम्स नेपालका अध्यक्ष सुर्य प्रसाद पराजुलको अध्यक्षतामा भएको उद्धधाटन समारोहमा जिफन्ट उपाध्यक्ष सिता लामा, योगदानमा आधारित सामाजिक सुरक्षा बुटवल कार्यालय र श्रम कार्यालय बुटवलका प्रतिनिधि लगायत अतिथिहरूले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो 
उद्धधाटन समारोह पछी सुरू भएको अधिवेशनको बन्दशत्र जिफन्ट महासचिब लक्ष्मण शर्माको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलले संचालन गरेको बन्दशत्रमा ओम्स नेपालका महासचिब नवराज भुर्तेलद्वारा पेस गरीएको संगठानीक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो । 

बन्दशत्रको दोस्रो चरणमा जिफन्ट उपाध्यक्ष कमल गौतम प्रमुख रहनु भएको निर्वाचन मण्डलद्वारा सम्पन्न  निर्वाचनले सूर्य प्रसाद पराजुली अध्यक्षमा वसन्तराज सिग्देल वरिष्ठ उपाध्यक्षमा र शैलेश न्यौपाने, डम्बर बहादुर ठकुल्ला र राजन कार्कीलार्इ उपाध्यक्षमा निर्बिरोघ निर्वाचित गरेको छ ।

त्यसैगरी महासचिबमा नवराज भुर्तेल, उपमहासचिवमा जनक ढकाल, बाबुराम पोखरेल, सचिवमा पंकज कुमार मिश्र, किशोर वावु पुरी र सुवाष कुमार श्रेष्ठलार्इ निर्बिरोघ निर्वाचित गरेको हो ।

अधिवेशनले कोषाध्यक्षमा सूर्य प्रसाद पराजुली र १६ जना सदस्य सहित सर्वसम्मत कमिटीलाई जिफन्ट महासचिब तथा अध्यक्ष मण्डलका अध्यक्ष लक्ष्मण शर्माले पद तथा गोपनिताको शपथ ग्रहण गराउनु भएको थियो । 

अधिवेशनले ९ बुंदै समसामयिक विषयमा विशेष प्रस्ताब पास समेत पास गरेको छ ।


अधिवेशनको फोटोकालागी 

https://www.facebook.com/media/set/?set=a.122112790202435116&type=3

https://www.facebook.com/media/set/?set=a.122112779780435116&type=3