जिफन्ट बाँसगढी नगरको अध्यक्षमा मेघराज खत्री

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँसगढी नगर कमिटी तेस्रो अधिवेशन भाद्र ८ गते सम्पन्न भएको छ। 

जिफन्ट राष्ट्रिय कमिटी सदस्य पुर्ण बहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले मेघराज खत्रीको अध्यक्षतामा ९ सदस्य कमिटी निर्वाचित गरेको छ ।

जिफन्ट बर्दिया जिल्ला समन्वय कमिटी सचिव अञ्जना चौधरीले संचालन गर्नु भएको सो कार्यक्रमको अध्यक्षता हेमन्त कुमार केसिले गर्नु भएको थियो ।