नेपाली ट्रेड युनियन आन्दोलनको इतिहासमा २००३ सालको पहिलो पुस्ताको आन्दोलन पछि विभिन्न प्रतिष्ठान र स्थानीय तहमा मात्रै सीमित श्रमिक आन्दोलन २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन स“गस“गै काठमाडौं, हेटौडा, विराटनगर लगायत देशभरि नै साना ठूला मजदुर आन्दोलनहरू उठेको थियो । तिनै आन्दोलनमा क्रियाशील मजदुरहरूद्वारा २०३६ साल माघ १५ गते बालाजु औद्योगिक क्षेत्रमा प्रथम राष्ट्रिय कार्यकर्ता भेला गरी (२००३ सालमा स्थापित अखिल नेपाल टे«ड युनियन काङ्गे्रसको असल उत्तराधिकारीको रूपमा) नेपाल स्वतन्त्र मजदुर युनियनको स्थापना भएको थियो । यो युनियन जिफन्ट परिवारकै सबैभन्दा जेठो युनियनको रूपमा स्थापित भएको थियो । जिफन्टको चार संस्थापक युनियनहरूमध्येको एउटा प्रमुख घटकको रूपमा रहेको यो युनियन २०५१ मंसीर ८ मा पहिलो टे«ड युनियन संघको रूपमा श्रम विभागमा दर्ता भएको थियो । 

सुरुका दिनमा सम्पूर्ण औद्योगिक श्रमिकहरूलाई स¨ठित गर्दै आएको यस युनियनबाट जिफन्टद्वारा २०५२ सालमा सञ्चालित विषयगत उद्योग अभियानपछि रसायन, धातुजन्य, खनिज तथा ऊर्जास“ग सम्बन्धित प्रतिष्ठानहरूलाई समेटेर  नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियन (नेस्वकेआमयू) र खाद्य वस्तु तथा पेय पदार्थस“ग सम्बन्धित प्रतिष्ठानका श्रमिकहरूलाई समेटेर नेपाल स्वतन्त्र खाद्य तथा पेय मजदुर युनियन र धागोसँग सम्बन्धित उद्योग प्रतिष्ठानका श्रमिकहरुलाई समेटेर नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदुर युनियन बनेपछि बाँकी उद्योगहरु छाला तथा जुत्ता, सूर्ती, बिडी तथा चुरोट कारखानाहरू, इटाभट्टा र टायल कारखाना, ह्यूम पाइप, रोडा–ढुङ्गा उद्योगहरू, काष्ठकला, हस्तकला उद्योग, फर्निचर तथा प्लाइउड उद्योग, टेण्ट तथा तारपोलिन उद्योग, ड्राईल्किनिङ, कलर ल्याब, चलचित्र उद्योग, सलाई, आदि क्षेत्रमा नेस्वमयु केन्द्रित भएको थियो ।

हाल विश्वव्यापी रूपमा विभिन्न युनियनहरु बिच एकीकरण प्रक्रिया अगाडि बढिरहेको कुरालाई ध्यान दिदै, उत्पादन र उत्पादकत्व अभिवृद्धि सहित सबै श्रमिकहरूको जीवनस्तर उच्च बनाउन, श्रमिकहरुको हक, हित र अधिकारको रक्षा गर्ने सशक्त ट्रेड युनियन संघ स्थापना गर्नुपर्ने आवश्यकतालाई महसुुुस गरी औद्योगिक क्षेत्रका सबै उद्योगका श्रमिकहरुलाई एउटै बलियो ट्रेड युनियन संघमा आबद्ध गराउने उद्देश्यका साथ यस क्षेत्रमा कार्यरत तीन वटा युनियनहरु नेपाल स्वतन्त्र मजदुर युनियन (नेस्वमयु), नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियन (नेस्वकेआमयू) र नेपाल स्वतन्त्र खाद्य तथा पेय मजदुर युनियन (नेस्वखापेमयु)लाई विघटन गरी २०७० जेठ १०, ११ र १२ गते संयुक्त रूपमा आयोजना गरेको एकीकरण अधिवेशनबाट नयाँ र एकीकृत समग्र उद्योग ट्रेड युनियन स्थापना गरिएको हो । राष्ट्रिय तहमा जिफन्टसँग आबद्ध यो ट्रेड युनियन अन्तर्राष्ट्रिय तहमा इन्डस्ट्रिअलसँग आबद्ध छ ।

संबद्ध गतिविधिहरू

ह्वीन रिजालटासी र बर्दिया डिस्टिलरीको अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) को रिजालटासी इण्डष्ट्रिज इकाई कमिटीको आठौँ अधिवेशन चैत ९ गते जिफन्ट राष्ट्रीय कमिटी सदस्य भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

झनक श्रेष्ठ अध्यक्षतामा ११ सदस्यीय कमिटि निर्वाचित गरेको सो अधिवेशनमा ह्वीन केन्द्रीय उपाध्यक्ष मनोज मगर, केन्द्रीय सदस्य विजयकुमार लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । 

त्यसैगरी सोही दिन सम्पन्न ह्वीन बर्दिया डिस्टिलरीको तेस्रो अधिबेशनले उदय राज खत्रीको अध्यक्षतामा ७ सदस्यीय कमिटि निवार्चित गरेको छ ।

जिफन्ट राष्ट्रिय कमिटी सदस्य पुर्ण के.सी.को प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनमा जिफन्ट बरिष्ट युनियनकर्मी संजाल सदस्य केशवराज गिरी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । 
 

ह्वीन हस्तकला उत्पादक सङ्घको अध्यक्षमा सुभद्रा केसी चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध समग्र उघोग ट्रेड युनियन, नेपाल (ह्वीन)  हस्तकला उत्पादक संघ प्रा.ली को फागुण २१ गते सम्पन्न दशौँ अधिवेशनले सुभद्रा केसीको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन गरेको छ । 

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले अधिवेशनको उद्घाटन गर्नु हुदै जिफन्टले सञ्चालन गरिरहेको अभियान र वर्तमान श्रम आन्दोलनमा देखिएका चुनौतीका बारेमा प्रकाश पार्नु भएको सो अधिवेशनबाट निर्वाचित कमिटीलाई ह्वीन उपमहासचिव अर्जुन चौलागाईले पद तथा गोपनिताको सपथ ग्रहण गराउनु भएको थियो ।

 

ह्वीन स्वस्तिक आयलको अध्यक्षमा पुरन लाल माझि चयन

जिफन्ट आवद्ध समग्र उधोग ट्रेड युनियन नेपाल (ह्वीन) स्वस्तिक आयल प्रालीको चैत्र १२ गते सम्पन्न चौथो अधिवेशनले पुरन लाल माझिको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष ललन रायको अध्यक्षतामा जिफन्ट कोशी अध्यक्ष किशोर धमलाको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनमा ह्वीन केन्द्रीय उपाध्यक्ष मनोज मगर, केन्द्रीय सदस्य बिजय मण्डल नेकपा एमाले कोशी प्रदेश सदस्य सत्य नारायण चौधरी लगायतका अतिथीहरूको सहभागीता रहेको थियो ।


 

ह्वीन नेपाल ग्यास र माछापुच्छ्रे ब्रिकमा अधिवेशन सम्पन्न

समग्र उधाग ट्रेड युनियन नेपाल (ह्वीन)द्धारा चैत्र १६ गते सम्पन्न बारा जिल्लाको जितपुर सिमरामा रहेको नेपाल ग्यास प्रालीको १२ औं अधिवेशनले राम बहादुर यादवको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ ।

नव निर्वाचित कमिटीलाइ ह्वीन केन्द्रीय अध्यक्ष आनन्द थामीले पद तथा ,गोपनिताको सपथ ग्रहणा गराउनु भएको सो अधिवेशनमा व्हिन केन्द्रीय सचीव गीता भण्डारी, प्रदेश सचीव प्रेम चौधरी र नेकपा एमालेका नेता एकनाथ ढकाल लगाएतले शुभकामना मन्तबय राख्नु भएको थियो ।

त्यसैगरी सोहीदिन तनहुँ जिल्लाको माछापुच्छ्रे ब्रिक ईकाइ कमिटिको १२ औं अधिवेशनले कुष्ण बहादुर थापाको अध्यक्षमा सात सदस्य कमिटी चयन गरेको छ ।
 

ह्वीन नारायणी आयल रिफाइनरीको अध्यक्षमा रामतप्सी साह

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आवद्ध समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) नारायणी आयल रिफाइनरीको चैत्र २५ गते बारा जिल्लाको परवानीपुरमा सम्पन्न १३ औं अधिवेशनले रामतप्सी साहको नेतृत्वमा ७ सदस्य कमिटी निर्वाचित गरेको छ ।

व्हिन केन्द्रीय अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यमा सप्पन्न उक्त अधिवेशनमा केन्द्रीय सचीव गीता भण्डारी, सदस्य मनोज चौधरी, प्रदेश सचीव प्रेम चौधरी, आयल्स रिफाइनरीका प्रसासनिक अधिकृत रुपलाप साह लगाएतले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सलिन हवारीको अध्यक्षतामा सम्पन्न सो अधिवेशनबाट निर्वाचित कमिटीलाइ ह्वीन केन्दीय सदस्य मनोज चौधरीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । 

 

ह्वीनले नेपाल बिधुत प्राधिकरणमा ध्यानाकर्षण पत्र पेश गर्यो

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) हिमाल पावर कम्पनी खिम्तिद्वारा श्रमिकहरुले खाईपाई आएको सेवा सुविधा र रोजगारीको निरन्तरताको सम्बन्धमा नेपाल बिधुत प्राधिकरणमा चैत्र ३१ गते ध्यानाकर्षण पत्र पेश गरेको छ । 

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको नेतृत्वमा ह्वीन हिमाल पावर कम्पनी खिम्तिका अध्यक्ष केशब  केसी लगायतका प्रतिनिधिले नेपाल बिधुत प्राधिकरणका म्यानेजिङ डाइरेक्टर हितेन्द्र देव शाक्य समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।