नेपाली ट्रेड युनियन आन्दोलनको इतिहासमा २००३ सालको पहिलो पुस्ताको आन्दोलन पछि विभिन्न प्रतिष्ठान र स्थानीय तहमा मात्रै सीमित श्रमिक आन्दोलन २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन स“गस“गै काठमाडौं, हेटौडा, विराटनगर लगायत देशभरि नै साना ठूला मजदुर आन्दोलनहरू उठेको थियो । तिनै आन्दोलनमा क्रियाशील मजदुरहरूद्वारा २०३६ साल माघ १५ गते बालाजु औद्योगिक क्षेत्रमा प्रथम राष्ट्रिय कार्यकर्ता भेला गरी (२००३ सालमा स्थापित अखिल नेपाल टे«ड युनियन काङ्गे्रसको असल उत्तराधिकारीको रूपमा) नेपाल स्वतन्त्र मजदुर युनियनको स्थापना भएको थियो । यो युनियन जिफन्ट परिवारकै सबैभन्दा जेठो युनियनको रूपमा स्थापित भएको थियो । जिफन्टको चार संस्थापक युनियनहरूमध्येको एउटा प्रमुख घटकको रूपमा रहेको यो युनियन २०५१ मंसीर ८ मा पहिलो टे«ड युनियन संघको रूपमा श्रम विभागमा दर्ता भएको थियो । 

सुरुका दिनमा सम्पूर्ण औद्योगिक श्रमिकहरूलाई स¨ठित गर्दै आएको यस युनियनबाट जिफन्टद्वारा २०५२ सालमा सञ्चालित विषयगत उद्योग अभियानपछि रसायन, धातुजन्य, खनिज तथा ऊर्जास“ग सम्बन्धित प्रतिष्ठानहरूलाई समेटेर  नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियन (नेस्वकेआमयू) र खाद्य वस्तु तथा पेय पदार्थस“ग सम्बन्धित प्रतिष्ठानका श्रमिकहरूलाई समेटेर नेपाल स्वतन्त्र खाद्य तथा पेय मजदुर युनियन र धागोसँग सम्बन्धित उद्योग प्रतिष्ठानका श्रमिकहरुलाई समेटेर नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदुर युनियन बनेपछि बाँकी उद्योगहरु छाला तथा जुत्ता, सूर्ती, बिडी तथा चुरोट कारखानाहरू, इटाभट्टा र टायल कारखाना, ह्यूम पाइप, रोडा–ढुङ्गा उद्योगहरू, काष्ठकला, हस्तकला उद्योग, फर्निचर तथा प्लाइउड उद्योग, टेण्ट तथा तारपोलिन उद्योग, ड्राईल्किनिङ, कलर ल्याब, चलचित्र उद्योग, सलाई, आदि क्षेत्रमा नेस्वमयु केन्द्रित भएको थियो ।

हाल विश्वव्यापी रूपमा विभिन्न युनियनहरु बिच एकीकरण प्रक्रिया अगाडि बढिरहेको कुरालाई ध्यान दिदै, उत्पादन र उत्पादकत्व अभिवृद्धि सहित सबै श्रमिकहरूको जीवनस्तर उच्च बनाउन, श्रमिकहरुको हक, हित र अधिकारको रक्षा गर्ने सशक्त ट्रेड युनियन संघ स्थापना गर्नुपर्ने आवश्यकतालाई महसुुुस गरी औद्योगिक क्षेत्रका सबै उद्योगका श्रमिकहरुलाई एउटै बलियो ट्रेड युनियन संघमा आबद्ध गराउने उद्देश्यका साथ यस क्षेत्रमा कार्यरत तीन वटा युनियनहरु नेपाल स्वतन्त्र मजदुर युनियन (नेस्वमयु), नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियन (नेस्वकेआमयू) र नेपाल स्वतन्त्र खाद्य तथा पेय मजदुर युनियन (नेस्वखापेमयु)लाई विघटन गरी २०७० जेठ १०, ११ र १२ गते संयुक्त रूपमा आयोजना गरेको एकीकरण अधिवेशनबाट नयाँ र एकीकृत समग्र उद्योग ट्रेड युनियन स्थापना गरिएको हो । राष्ट्रिय तहमा जिफन्टसँग आबद्ध यो ट्रेड युनियन अन्तर्राष्ट्रिय तहमा इन्डस्ट्रिअलसँग आबद्ध छ ।

संबद्ध गतिविधिहरू

एन्टार्टिक बिस्कुटमा धर्ना जारी

मकवानपुर जिल्लाको हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एन्टार्टिक बिस्कुट प्रा लिको व्यवस्थापकले गैरकानुनी ढङ्गबाट निस्काशित श्रमिकहरूलाई बिनाशर्त पुनर्बहाली गर्नु पर्ने र व्यवस्थापकबाट भएका अनुचित श्रम अभ्यास बन्द गर्नु पर्ने लगायतका माग राखी गत फागुण १ गते देखी बिहान १ घण्टा समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) ले कारखानाको मुलगेटमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको छ । 


 

ह्वीन सुजल फुड्सको अध्यक्षमा आनन्दराज भण्डारी

जिफन्ट आवद्ध, समग्र उधोग ट्रेड युनियन नेपाल (ह्वीन) सुजल फुड्स प्रतिष्ठानको फागुण १७ गते पोखरामा सम्पन्न नवौं अधिवेशनले आनन्दराज भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

ह्वीन केन्द्रिय अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रूद्र खत्री लगाएत अतिथीहरूले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

ह्वीन हस्तकला उत्पादक संघको अध्यक्षमा सुभद्रा केसी चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध समग्र उघोग ट्रेड युनियन, नेपाल (ह्वीन)  हस्तकला उत्पादक संघ प्रा.ली को फागुण २१ गते सम्पन्न दशौ अधिवेशनले सुभद्रा केसीको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन गरेको छ । 

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले अधिवेशनको उद्धघाटन गर्नु हुदै जिफन्टले संचालन गरीरहेको अभियान र बर्तमान श्रम आन्दोलनमा देखिएका चुनौतीका बारेमा प्रकाश पार्नु भएको सो अधिवेशनबाट निर्वाचित कमिटिलाइ ह्वीन उपमहासचिव अर्जुन चौलागाईले पद तथा गोपनिताको सपथ ग्रहण गराउनु भएको थियो ।


 

ह्वीनद्धारा परवानीपुरमा रक्तदान

नेपालको ट्रेड युनियन आन्दोलनको गौरवमय ७८ औँ वार्षिकोत्सव अवसर समग्र उघोग ट्रेड युनियन, नेपाल (ह्वीन) द्वारा फागुण २१ गते पर्सा जिल्लाको परवानीपुरमा रहेको ब्रीटानिया नेपाल प्रा. ली. परिषरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान जीवनदान भन्ने मूल नाराका साथ व्हिनका अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा ५९ जना श्रमिकहरूले रक्तदान गर्नु भएको थियो !
 

ह्वीन यती पोली केमिकल र नेशनल काष्टिङको अधिवेशन सम्पन्न

समग्र उघोग ट्रेड युनियन, नेपाल (ह्वीन) यती पोली केमिकल र नेशनल काष्टिङको फागुन २५ गते दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

सो अधिवेशनले विश्वराज श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय यती पोलिकेमिकल इकाई कमिटी र सूर्य प्रसाद अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नेशनल काष्टिङ इकार्इ कमिटी चयन गरेको छ ।
 

समग्र उद्योग ट्रेड युनियन, नेपालद्वारा प्रतिष्ठानहरूको अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) डाबर नेपाल ग्रिन हाउस प्रालिको चैत्र २ गते काभ्रे जिल्लाको बनेपामा सम्पन्न ८ औ अधिवेशनले पवित्रा खत्रीको अध्यक्षतामा ७ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

त्यसै गरी रोयल काठमाडौँ हिमालय बेवरेज प्रा लिको तेस्रो अधिवेशनले  गीता श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको छ ।

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालको प्रमुख अतिथ्यतामा भएको अधिवेशनमा ह्वीन उपमहासचिव अर्जुन चौलागाईले निर्वाचित कमिटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । 

त्यसैगरी मकवानपुर जिल्लाको हेटौडा रहेको ग्वाविनेट इन्भारोमेन्ट सोलुसन प्रा.ली को प्रथम अधिवेशनले बाबुलाल नेगीको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

त्यसैगरी समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) सी.जी. फुड्स ईकाइ कमिटीको चैत्र २ गते  बर्दियामा सम्पन्न  तेस्रो अधिवेशनले मोहनलाल बस्नेतको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।