स्थापनाको हिसाबले नौलो देखिए पनि २००३ सालमा विराटनगरबाट सुरु भएको मजदुर आन्दोलनमा समेत अटो–मेकानिक्सहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । २००७ सालमा राणा शासन विरुद्ध अखिल नेपाल टे«ड युनियन काङ्ग्रेसले गरेको आन्दोलनमा अटो–मेकानिक्सले ट्याक्टरलाई ट्याङ्कमा परिणत गरी राणाहरूका सेनालाई पराजित गर्न योगदान पु¥याएका थिए ।
२०३६ सालबाट नेस्वमयूको झण्डामुनि गोलबन्द हुन सुरु गरेका अटो–मेकानिक्सहरू बहुदलीय व्यवस्थाको स्थापनास“गै छुट्टै युनियन बनाउने प्रयत्नमा लागे । २०५० साल चैत्र २० गते मोटरसाइकल मेकानिक्सहरूको बिचमा नेपाल मोटरसाइकल वर्कसप मजदुर युनियन स्थापना भयो । २०५२ साल चैत्र २४ गते मोटर मेकानिक्सहरूको संगठन नेपाल स्वतन्त्र अटो–मेकानिक्स मजदुर युनियन गठन गरियो । जिफन्टको विषयगत उद्योग अभियान अन्तर्गत राष्ट्रिय संघहरूको पुनर्संरचनाको क्रममा २०५४ श्रावण ४ गते यी दुई राष्ट्रिय संघहरूको विलय गरी नेपाल अटो–मेकानिक्स ट्रेड युनियनको स्थापना गरियो ।
विभिन्न किसिमका इन्जिन मर्मत गर्ने अटो वर्कसपहरू, डेन्टिङ पेन्टिङ गर्ने वर्कसपहरू, च्यासिस र बडी निर्माण गर्ने वर्कसपहरू, स्प्रिङ पत्ति, रेडिएटर मर्मत गर्ने वर्कसपहरू, क्रैंक कटिङ र अटो–ईन्जिनियरिङ वर्कसपहरू, अटो इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र हेड मर्मत गर्ने वर्कसप र प्mयुल पम्प मर्मत गर्ने वर्कसपहरू यस युनियनको क्षेत्रमा पर्दछन् ।
यस्तै सर्भिसिङ र ग्रिजिङका क्षेत्रहरू, लेथ–मेसिन, मिलिङ–मेसिन तथा ब्लक बोरीङ, लुब्रिकेन्टस् उत्पादन र बिक्री वितरणका क्षेत्रहरू, डिजेलर पेट्रोल पम्प तथा अटो पार्टस क्षेत्र, अटो मेकानिकल प्राविधिक तालिम दिने संस्थाहरू तथा ड्राइभिङ इन्स्टिच्युटहरू, अटो पार्किङका साथै अटो इन्जिनियरिङ्ग तथा सवारी साधन खरिद–बिक्रीका क्षेत्रहरू टायर ट्यूब मर्मत तथा उत्पादन, रिसोलिङ गर्ने वर्कसपहरू र सिट हुट मर्मत गर्ने वर्कसपहरू र अटो मोबाइलका साधन तथा पार्टस उत्पादन र बिक्री प्रवर्धनका क्षेत्रमा कार्यरत श्रमिकहरू पनि यस युनियनको कार्य क्षेत्र अन्तरगत पर्दछन् । यस युनियनले बुटवलमा आफ्नै भवनमा अटोमेकानिक्स सम्बन्धी केन्द्रीय प्राविधिक तालिम केन्द्र पनि सञ्चालन गरिरहेको छ ।