नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) बुढानिलकण्ठ नगर पालिकाको भाद्र ७ गते सम्पन्न पाँचौं अधिवेशनले अनिल थापा मगरको अध्यक्षतामा १९ सदस्य नगर कमिटी चयन गरेको छ ।

अधिवेशनका प्रमुख अतिथि जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले श्रमिकहरूको शक्ती भनेको संगठन हो, संगठनमा जती धेरै सदस्य बृद्धी हुन्छ संगठन त्यती नै बलियो हुने र बलियो संगठनले मात्र श्रमिहरूको माग पुरा गराउन सक्ने बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले प्रबिधीमा भएको बिकास संगै यस क्षेत्रमा कार्यरत श्रमिकहरूको दक्षतालाइ पनि तिब्र बिकास गर्नु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो ।

अधिवेशनमा बुढानिलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, नाटु केन्द्रीय अध्यक्ष प्रदिप घिमिरे, सदस्य विनोद फुयाल, भीमसेन खतिवडा लगायतका अतिथीहरूले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।