नेपाल ट्रेड युनियन महासंघ सम्बद्ध युनियन नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटु जितपुरसिमरा उपमहानगर पालिका कमिटीको आयोजनाममा भाद्र १५ गते सम्पन्न रक्तदान कार्यक्रममा ३७ जना अटो क्षेत्रका श्रमिकहरूले रक्तदान गर्नु भएको थियो ।
जिफन्ट मदेश प्रदेश अध्यक्ष कमलेश झाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा जितपुरसिमरा उपमहानगर पालिकाका मेयर राजन पौडेल, जिफन्ट मदेश प्रदेश सचिव मुक्ति चौधरी सहभागी हुनु भएको थियो ।
त्यसैगरी नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटु तिलोत्तमा नगर कमिटीको भाद्र १५ गते सम्पन्न तेस्रो अधिवेशनले तुलसी राम न्यौपाने को अध्यक्षतामा ८ सदस्य नगर कमिटी निर्वाचित गरेको छ।