राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल ब्युटीपार्लर तथा सौन्दर्य क्षेत्रमा क्रियाशील श्रमिकहरूको संगठन हो । देशका शहरी क्षेत्रमा यस्तो व्यवसाय निकै फष्टाउँदै गएको कारणले यस क्षेत्रमा श्रमिकको सङ्ख्या पनि उल्लेख्य रूपमा बढिरहेको छ । यसमा पनि अरु युनियन जस्तै स्वरोजगार र ज्यालाजीवी दुवै प्रकृतिका श्रमिकहरू रहेका छन् । यो असङ्गठित क्षेत्रको युनियनको रूपमा रहको छ । यसको विधिवत स्थापना पछि श्रम विभागमा २०६५ असार ३१ गते २३२ नं. मा दर्ता भएको हो । यस युनियनमा हालसम्म महिला सदस्यहरू मात्र रहेका छन् ।

संबद्ध गतिविधिहरू

नाबुन लेखनाथको नवौ बार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) लेखनाथ ईकाइ कमिटिको नवौ बार्षिक साधारण सभा जेठ १९ गते सम्पन्न भयो । 

इकाई कमिटि अध्यक्ष लता गुरूङको अध्यक्षतामा कास्की जिल्लाको लेखनाथमा सम्पन्न उक्त  साधारण सभामा प्रमुख अतिथि तथा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट संसदीय तथा स्थानीय तह संयोजन परिषद प्रमुख मिना गुरुङ, नाबुन प्रतिनिधि परिषद प्रमुख सुमन गुरुङ, जिफण्ट गण्डकी प्रदेश उप सचिव तथा महिला कमिटी अध्यक्ष सगिता पाण्डे, नाबुन गण्डकी प्रदेश अध्यक्ष शुष्मा शाह र नाबुन लेखनाथ कमिटीका संस्थापक अध्यक्ष जिना मगर लगायतले सम्बोधन गर्नुभएको थियो ।  

नाबुन जितपुरसिमारा उपमहानगर अध्यक्षमा ओमकुमारी शर्मा

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) मधेश प्रदेश र जितपुरसिमारा उपमहानगर कमिटीको जेठ २० गते सिमरामा सम्पन्न अधिवेशनले ओमकुमारी शर्माको अध्यक्षतामा ७ सदस्य मधेश प्रदेश कमिटी र ११ सदस्य जितपुरसिमरा उपमहानगर कमिटी चयन गरेको छ । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी सदस्य तथा नाबुन केन्द्रीय संयोजक पम्फा देवकोटा पहारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झा, सचिव मुक्ती चौधरी, नाबुन केन्द्रीय सचिव सुजना जोशी लगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो । 

नाबुन मधेश प्रदेश अध्यक्ष सुमित्रा सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनका प्रमुख अतिथि नाबुन संयोजक पहारीले नाबुनको इतिहास, महत्वको बारेमा बोल्नु हुँदै नवनिर्वाचित दुबै कमिटीलाई शपथ ग्रहण गराउनुभयो।

जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झाले जिफन्टको संरचना र योगदानमा अधारित सामाजिक सुरक्षाबारे प्रकाश पार्नुभएको सो अधिवेशनमा नाबुन केन्द्रीय सचिव सुजना जोशीले नाबुनको संरचना, सदस्यको काम कर्तब्य र अधिकार बारेमा प्रकाश पार्नु भएको थियो ।

नाबुन जनकपुर उपमहानगरपालिकाको अध्यक्षमा सरिता कुमारी साह

राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) ले जेठ २१ गते जनकपुर उपमहानगरपालिकामा सोन्दर्यकर्मीहरूको भेलाले  सरिता कुमारी साहको अध्यक्षतामा ७ सदस्यीय उपमहानगर कमिटी गठन गरेको छ । 

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट धनुषा जिल्ला समन्वय कमिटी अध्यक्ष रामचन्द्र मण्डलको अध्यक्षतामा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नाबुन संयोजक पम्फा देवकोटा पहारीको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झा, नाबुन केन्द्रीय सचिव सुजना जोशी लगायतले निर्वाचित कमिटीहरूलाई शुभकामना तथा बधाई  ज्ञापन गर्नुभयो । 

कार्यक्रममा नाबुन केन्द्रीय सदस्य तथा मधेश इन्चार्ज सुमित्रा सापकोटा, जिफन्ट पूर्व राष्ट्रिय कमिटी सदस्य राम नरेश सिंह, शिला झा, बिन्दु श्रीवास्तब लगायत नेताहरूको सहभागिता रहेको थियो । 

नाबुन त्रियुगा नगरपालिकाको अध्यक्षमा रेजिला राई

राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल नाबुनको जेठ २२ गते उदयपर जिल्लाको त्रियुगा नगरपालिकामा सम्पन्न नगर भेलाले रेजिला राईको अध्यक्षतामा ११ सदस्यिय त्रियुगा नगर कमिटी गठन गरेको छ । 

भेलाका प्रमुख अतिथि त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राईले संगठनको आबश्यकता र महत्वको बारेमा बोल्नुहुदै, आत्मनिर्भरताले महिलाको जिबनस्तर परिवर्तन हुने हुंदा पेशागत क्षमता अभिबृदी संगसंगै श्रमिक अधिकारको बारेमा सचेत हुन अवश्यक रहेको बताउनु भयो । 

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नाबुन केन्द्रिय संयोजक पम्फा देबकोटा पहारीले नवगठीत कमिटीलाइ बधाइ तथा शुभकामना दिनु हुदै नाबुनको स्थापनाको ईतिहास र भुमिकाको बारेमा प्रकाश पार्नु भयो । 

त्यसैगरी जिफण्ट राष्ट्रिय कमिटी सदस्य माया भण्डारीले सौन्दर्य क्षेत्रमा कार्यरत श्रमिकहरूको अधिकार प्राप्तीकालागी संगठित हुनुको बिकल्प नरहेको भन्नु हुदै यस क्षेत्रमा कार्यरत सबैलाइ नाबुन संगठीत गर्ने अभियानमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सचिव सुजना जोशीले युनियनको उदेश्य, ब्यवसायजन्य स्वास्थ्य सुरक्षा र सिप प्रमाणीकरणको महत्व बारेमा प्रकाश पार्नु भएको सो भेलामा जिफन्ट कोशी प्रदेश उपाध्यक्ष शशी कुमार राई, लगायतका अतिथीहरूको सहभागिता रहेको थियो । 

कला डांगी नाबुन कोशीको अध्यक्षमा निर्वाचित

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) कोशी प्रदेशको तेस्रो अधिवेशन जेठ २३ गते झापाको बिर्तामोडमा नाबुन प्रदेश अध्यक्ष आषा लिम्बुको अध्यक्षता सम्पन्न भयो ।

तेश्रो अधिबेसनबाट कला डांगीको अध्यक्षतामा ९ जनाको नाबुन कोशी प्रदेश कमिटी चयन गरेको छ ।

नाबुन केन्द्रिय संयोजक पम्फा देबकोटा पहारीको प्रमुख आतिथ्यता सम्पन्न सो अधिवेशनमा नाबुन पर्व अध्यक्ष तथा जिफन्ट स्थानिय तथा संसदिय बिभाग प्रमुख मिना गुरूङ, राष्ट्रिय कमिटी सदस्य सुमन गुरुङ लगाएतका नेतहरूलाइ सम्मान समेत गरेको थियो । 

अधिबेशनमा जिफन्ट कोशी प्रदेश सहसचिब हरी अधिकारी, नेपाल स्वतन्त्र चिया कफि मजदुर यूनियन अध्यक्ष सन्त कुमार राइ, नाबुन केन्द्रिय सचिब सुजना जोशी लगाएत नेताहरूले नव निर्वाचित कमिटिलाइ बधाइ तथा कार्य सफलताको शुभकामना दिनु भएको थियो । 

अधिवेशनमा नाबुन केन्द्रिय सचिबालय सदस्य ममता प्रधान, धनु कन्दङ्वा लगाएतका नेताहरूको सहभागिता रहेको थियो । 

इटहरीमा निःशुल्क पाँच दिने सेल्फ मेकअप तालिम सुरू

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) धरान उपमहानगर कमिटीको जेठ २४ गते सम्पन्न अधिवेशनले नर माया तामाङको अध्यक्षतामा ९ सदस्यीय धरान उपमहानगर कमिटी गठन गरेको छ । 

नाबुन केन्द्रिय संयोजक पम्फा देबकोटा पहारीको प्रमुख आतिथ्यता सम्पन्न सो अधिवेशनमा नाबुन केन्द्रिय सचिब सुजना जोशी, जिफन्ट धरान उपमहानगर कमिटी अध्यक्ष समशेर बर्देवा लगाएतका अतिथीहरूले नवनिर्वाचित कमिटीलाइ बधाइ तथा शुभकामना मन्तब्य राख्नु भएको थियो । 

त्यसैगरी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल नाबुन इटहरी उपमहानगर कमिटीको आयोजनामा निःशुल्क पाँच दिने सेल्फ मेकअप तालिम इटहरीमा सुरू गरेको छ ।

नाबुन केन्द्रिय संयोजक पम्फा देबकोटा पहारीको प्रमुख आतिथ्यता जेठ २४ गते एक कार्यक्रमको अयोजना गरी तालिमको शुभारम्भ गरेको हो ।

नाबुन इटहरी उपमहानगर कमिटीका अध्यक्ष सृजना बस्नेतको अध्यक्षता सम्पन्न सो तालिम शुभारम्भ कार्यक्रममा नाबुन केन्द्रीय सचिव सुजना जोशी, केन्द्रीय सचिवालय सदस्य ममता प्रधान, केन्द्रीय सदस्य गंगा तामाङले शुभकामना दिनु भएको थियो ।

४० जना प्रशिक्षार्थी सहभागी उक्त तालिम क्लासिक ब्युटी एकेडेमी, इटहरी मेकअप स्टुडियो, डिजिएन मेकअप स्टुडियो, कलर नेल्स ब्यूटी पार्लर, श्रेयाश्री ब्यूटी पार्लर  र प्रीति मेक अप एन्ड नेल स्टुडियोमा कक्षा सन्चालन गर्ने तालिम कार्यक्रम संयोजक पूजा भट्टराई जानकारी दिनु भएको छ ।