नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) द्वारा भाद्र ६ गते हरितालिका तीजको सन्दर्भमा आयोजित कार्यक्रममा बागमती प्रदेशका नवनियुक्त मन्त्री बिन्दु श्रेष्ठलाई बधार्इ र शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले तीज पर्वलाई जिफन्टले सधै वर्गिय आन्दोलनमा केन्द्रीत भएर मनाउदै आएको भन्नु हुंदै तीज पर्वको शुभकामना ब्यक्त गर्नु भयो ।
अध्यक्ष श्रेष्ठले संगठनमा निरन्तरता, प्रतिवद्धता र आत्माबिश्वास भएमा उपलब्धी हांसिल गर्न सकिने भन्नु हुदै हाम्रो अथक प्रयासले नेपालको ट्रेड युनियन आन्दोलनले क्रमस उपलब्धि हासिल गरीरहेको बताउनु भयो ।

हुन संस्थापक अध्यक्ष तथा जिफन्ट संसदीय तथा स्थानीय समन्वय परीषद सदस्य बिन्दु श्रेष्ठ बागमती प्रदेश उद्योग, बाणिज्य, भुमि तथा प्रशासन मन्त्री हुनु भएकोमा हुन केन्द्रिय कमिटीले गरेको बधाई तथा सम्मान ग्रहण गर्नु हुंदै माननीय मन्त्रीले यो उपलब्धी ब्यक्तीको नभइ नेपालको ट्रेड युनियन आन्दोलनको एउटा सानो उपलब्धी रहेको बताउनु भयो ।
माननीय मन्त्री श्रेष्ठले उद्योग बाणिज्य क्षेत्रलाई श्रम मैत्री बनाउन ट्रेड युनियन आन्दोलनको महत्वपुर्ण योगदान रहने भन्नु हुदै यस्कालागि जिफन्टको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
केन्द्रीय अध्यक्ष चन्द्र सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिब ज्ञानु माया केसीले गर्नु भएको थियो ।

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122165793878435116&type=3