नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रिय महिला कमिटीको ६३औं बैठक कार्तिक २९ गते जिफन्ट केन्द्रीय कार्यालयमा सम्पन्न भयो ।
महिला कमिटी अध्यक्ष सीता लामाको अध्यक्षतामा सम्पन्न सो बैठकमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कार्तिक २८ गते सम्पन्न जिफन्टको राष्ट्रिय कमिटी बैठकको निर्णयहरूको बारेमा जानकारी गराउनु हुँदै जिफन्टले अगामी मंसिर देखी चैत सम्म संचालन गर्ने जिफन्ट कायाकल्पको लागी अभियान २०८१ मा राष्ट्रिय र प्रदेश महिला कमिटीलाई सक्रिय सहभागी गर्न गराउन निर्देशन दिनु भयो ।
बैठकले लैङ्गिक हिंसाका विरुद्ध १६ दिने अभियान, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस लगायतका दिवसहरू सातै प्रदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।