नेपाली ट्रेड युनियन आन्दोलनको इतिहासमा २००३ सालको पहिलो पुस्ताको आन्दोलन पछि विभिन्न प्रतिष्ठान र स्थानीय तहमा मात्रै सीमित श्रमिक आन्दोलन २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन स“गस“गै काठमाडौं, हेटौडा, विराटनगर लगायत देशभरि नै साना ठूला मजदुर आन्दोलनहरू उठेको थियो । तिनै आन्दोलनमा क्रियाशील मजदुरहरूद्वारा २०३६ साल माघ १५ गते बालाजु औद्योगिक क्षेत्रमा प्रथम राष्ट्रिय कार्यकर्ता भेला गरी (२००३ सालमा स्थापित अखिल नेपाल टे«ड युनियन काङ्गे्रसको असल उत्तराधिकारीको रूपमा) नेपाल स्वतन्त्र मजदुर युनियनको स्थापना भएको थियो । यो युनियन जिफन्ट परिवारकै सबैभन्दा जेठो युनियनको रूपमा स्थापित भएको थियो । जिफन्टको चार संस्थापक युनियनहरूमध्येको एउटा प्रमुख घटकको रूपमा रहेको यो युनियन २०५१ मंसीर ८ मा पहिलो टे«ड युनियन संघको रूपमा श्रम विभागमा दर्ता भएको थियो । 

सुरुका दिनमा सम्पूर्ण औद्योगिक श्रमिकहरूलाई स¨ठित गर्दै आएको यस युनियनबाट जिफन्टद्वारा २०५२ सालमा सञ्चालित विषयगत उद्योग अभियानपछि रसायन, धातुजन्य, खनिज तथा ऊर्जास“ग सम्बन्धित प्रतिष्ठानहरूलाई समेटेर  नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियन (नेस्वकेआमयू) र खाद्य वस्तु तथा पेय पदार्थस“ग सम्बन्धित प्रतिष्ठानका श्रमिकहरूलाई समेटेर नेपाल स्वतन्त्र खाद्य तथा पेय मजदुर युनियन र धागोसँग सम्बन्धित उद्योग प्रतिष्ठानका श्रमिकहरुलाई समेटेर नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदुर युनियन बनेपछि बाँकी उद्योगहरु छाला तथा जुत्ता, सूर्ती, बिडी तथा चुरोट कारखानाहरू, इटाभट्टा र टायल कारखाना, ह्यूम पाइप, रोडा–ढुङ्गा उद्योगहरू, काष्ठकला, हस्तकला उद्योग, फर्निचर तथा प्लाइउड उद्योग, टेण्ट तथा तारपोलिन उद्योग, ड्राईल्किनिङ, कलर ल्याब, चलचित्र उद्योग, सलाई, आदि क्षेत्रमा नेस्वमयु केन्द्रित भएको थियो ।

हाल विश्वव्यापी रूपमा विभिन्न युनियनहरु बिच एकीकरण प्रक्रिया अगाडि बढिरहेको कुरालाई ध्यान दिदै, उत्पादन र उत्पादकत्व अभिवृद्धि सहित सबै श्रमिकहरूको जीवनस्तर उच्च बनाउन, श्रमिकहरुको हक, हित र अधिकारको रक्षा गर्ने सशक्त ट्रेड युनियन संघ स्थापना गर्नुपर्ने आवश्यकतालाई महसुुुस गरी औद्योगिक क्षेत्रका सबै उद्योगका श्रमिकहरुलाई एउटै बलियो ट्रेड युनियन संघमा आबद्ध गराउने उद्देश्यका साथ यस क्षेत्रमा कार्यरत तीन वटा युनियनहरु नेपाल स्वतन्त्र मजदुर युनियन (नेस्वमयु), नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियन (नेस्वकेआमयू) र नेपाल स्वतन्त्र खाद्य तथा पेय मजदुर युनियन (नेस्वखापेमयु)लाई विघटन गरी २०७० जेठ १०, ११ र १२ गते संयुक्त रूपमा आयोजना गरेको एकीकरण अधिवेशनबाट नयाँ र एकीकृत समग्र उद्योग ट्रेड युनियन स्थापना गरिएको हो । राष्ट्रिय तहमा जिफन्टसँग आबद्ध यो ट्रेड युनियन अन्तर्राष्ट्रिय तहमा इन्डस्ट्रिअलसँग आबद्ध छ ।

संबद्ध गतिविधिहरू

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा रामवरण यादव

उदयपुर सिमेन्ट उद्योग लिमिटेड, समग्र उद्योग ट्रेड युनियन (ह्वीन)नेपालको १३ औ अधिवेशनवाट रामवरण यादवको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ । 

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जिफन्ट सचिव कृष्ण के.सी, कोशी प्रदेश अध्यक्ष किशोर धमला, (ह्वीन)नेपाल उपाध्यक्ष मनोज मगर, राष्ट्रिय कमिटी सदस्य माया भण्डारी र नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य अम्विका थापाको उपस्थिति रहेको थियो । 

अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले निर्वाचित कमिटीले अब यस उद्योगलाई सर्वदलीय छलफल मार्फत दीर्घकालीन समाधानका उपाएको खोजी गर्दै ऐन बमोजिमको सेवा र सुविधामा श्रमिकको पहुँच ग्यारेन्टी गर्नु पर्ने कुरा बताउनु भयो ।
 

समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) द्वारा शुभकामना आदान प्रदान

जिफन्ट आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) द्वारा विजया दशमी, तिहार, नेपाल सम्वत ११४५, ईद, छठ पर्व तथा तमु ल्होसारकों अवसरमा कार्तिक १३  गते चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम जिफन्ट मदेश प्रदेश कार्यालय सिमरामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरूषोतम पौडेलले वैचारिक अवसरवाद हाबी भएकोले नेपालको राजनीतिमा स्टण्डवाज मौलाएको भन्नु हुँदै राजनीतिलाई सहि दिशामा ल्याउन वर्गीय आन्दोलनले मात्र सम्भव हुने बताउनु भएको छ । 

कार्यक्रममा जिफन्ट उपाध्यक्ष तथा मधेस प्रदेश सभा सदस्य मन्जु थापामगर, देवनारायण चौधरी, जिफन्ट मदेश प्रदेश अध्यक्ष कमलेश झा, व्हिन अध्यक्ष आनन्द थामी लगायतले सांस्कृतिक पर्वहरूको अवसरमा आ आफ्नो बिचार सहित शुभकामना ब्यक्त गर्नु भएको थियो ।

व्हिन मदेश प्रदेशका अध्यक्ष हेमराज न्यौपानेको अध्यक्षतामा प्रेम चौधरीले संचालन गर्नु भएको शुभकामना आदान प्रदान कार्यक्रममा मनोज चौधरीले स्वागत गर्नु भएको थियो । 
 

ब्हीन कोशी प्रदेशद्वारा सामाजिक सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

समग्र उद्योग ट्रेड युनियन नेपाल ब्हीन कोशी प्रदेश कमिटीले कार्तिक २८ गते विराटनगरमा योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी प्रशिक्षण तथा श्रमिक भेला आयोजना गरेको छ ।


प्रशिक्षण कार्यक्रमका प्रमुख आतिथ्य नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोरले  धमलाले जिफन्टको नीति तथा कार्यक्रम र जिफन्टले योगदानमा आधारित सामाजिक सुरक्षाको सन्दर्भमा गरेका अभियानहरूको बारेमा चर्चा गर्नु भएको थियो ।

त्यसैगरी ब्हीन केन्द्रीय उपाध्यक्ष मनोज मगरले श्रम ऐन तथा कानुनकाबारेमा जानकारी दिनु भएको कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा बिषयमा सामाजिक सुरक्षा कोष विराटनगर कार्यालयका शाखा प्रमुख दिपक राज भट्टले प्रकाश पार्नु भएको थियो ।

ब्हीन कोशी प्रदेश अध्यक्ष नवीन चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन प्रदेश सचिव गणेश मगरले गर्नुभएको थियो ।
 

अन्नपूर्ण भेजिटेवलको आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा ब्हीन विजयी

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध युनियन समग्र उद्योग ट्रेड युनियन नेपाल ब्हीन, बारा जिल्लाको परवानिपुर स्थित रहेको अन्नपूर्ण भेजिटेवलमा सम्पन्न आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा विजयी भएको छ ।

कार्तिक २९ गते भएको आधिकारिक निर्वाचनमा कुल १०४ मध्ये समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन)ले ६३ मत प्राप्त गरी बिजय भएको हो । 

निर्वाचनमा नेपाल कारखाना श्रमिक संघले ३६ मत प्राप्त गरेको थियो भने ५ मत बदर भएको थियो ।

व्हिन, बोटलर्स नेपाल इकाई कमिटीको अध्यक्षमा बसन्त रेग्मी

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध युनियन व्हिन, बोटलर्स नेपाल इकाई कमिटी बालाजुको दसौँ अधिवेशन मंसिर २६ गते जिफन्ट बागमति प्रदेश अध्यक्ष रामहरि नेपालको प्रमुख आतिथ्यमा  सम्पन्न भएको छ । 

अधिवेशनले बसन्त रेग्मीको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ । निर्वाचित कमिटीलाई व्हिन उपमहासचिव अर्जुन चौलागाईले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।
 

व्हिन युनिलिभर इकाई कमिटीको अध्यक्षमा उद्धब पहाडी

समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) युनिलिभर इकाई कमिटीको मंसिर २९ गते सम्पन्न १४औ अधिबेशनले उद्धब पहाडीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

व्हिन केन्द्रीय अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यमा भर्को सो अधिवेशनमा जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल, व्हिन केन्द्रिय सचिव गिता भण्डारी, सदस्य विनोद, सरस्वती देबकोटा लगायतका नेताहरू अतिथि रहनु भएको थियो । 

युनिलिभर इकाई कमिटी अध्यक्ष उद्धब पहाडीको अध्यक्षतामा  सचिब राम सापकोटाले संचालन गर्नु भएको सो कार्यक्रममा  विभिन्न संगठन परित्याग गरी नेपालको ट्रेड युनियन आन्दोलनको मुलधार नेपाल ट्रेड युनियन महसंघ जिफन्टमा प्रवेश गर्नु भएका श्रमिक साथीहरूलाइ प्रमुख अतिथि थामीले  धन्यवाद सहित स्वगत गर्नु भएको थियो ।