.

संबद्ध गतिविधिहरू

स्पोर्टस् युनियन नेपाल (सन) भक्तपुरको भेलाले सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अबद युनियन स्पोर्टस् युनियन नेपाल (सन) भक्तपुरको असार ११ मा सम्पन्न भेलाले आशाराम गोठेको अध्यक्षतामा कमिटि पुनर्गठन गरेको छ । 

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा जिफन्ट सचिव कृष्ण केसि , तारानिधि पन्त र नेकपा एमाले भक्तपुर नगर अध्यक्ष मदन धोला, चागुनारायण नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष श्याम सुन्दर धिमाल लगाएतका नेताहरूको उपस्थिति रहेको थियो । 

स्पोटर्स युनियन नेपाल उपत्यकाको अध्यक्षमा बिराज राना

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अवध्द युनियन स्पोटर्स युनियन नेपाल सनको असार २२ गते जिफन्ट सभाहल पुतलीसडकमा सम्पन्न भेलाले बिराज रानाको अध्यक्षतामा ११ सदस्य उपत्यका कमिटी गठन गरेको छ । 


नेपाल ट्रेड युनियन महासंघ जिफन्ट उपाध्यक्ष तथा स्पोटर्स युनियन नेपालका अध्यक्ष सीता लामाको अध्यक्षामा सम्पन्न सो भेलाका प्रमुख अतिथी जिफन्ट कार्यबाहाक अध्यक्ष जितेन्द्र श्रेष्ठले खेल क्षेत्रका समस्याहरु समाधान गर्न, खेलाडीहरुको आत्मसम्मान तथा योगदामा अधारीत सामाजीक सुरक्षाको ग्यारेन्टी गर्न, खेलकुदवाट देशको समृद्धी र खेलाडीहरूको जिवनको समृद्धीको लागी खेल क्षेत्रमा रहेकाहरूको एकताबध्द र मजबुत संगठनको अवश्यक रहेको बताउनु हुदै खेलाडीहरूको हक अधिकारकालागी जिफन्टले गत ३ वर्ष अगाडी स्पोट्स यूनियन नेपालको गठन गरेको बताउनु भयो ।


भेलामा जिफन्ट महासचिब लक्ष्मण शर्माले नेपालमा श्रम अन्दोलनले समेत्न नसकेको खेल क्षेत्रमा क्रियाशिल खेल कर्मीहरूलाइ जिफन्टले संगठीत गर्ने अभियान सुरू गरेको भन्नु हुदै यस क्षेत्रमा रहेको बिकृती र बिसंगती हताउन र एन कानुनको कार्यान्वयनकालागी संगठित शक्तीको बिकल्प नरहेको बताउनु हुदै जिफन्ट यस्कालागी हरेक हाबमा साथ दिन तयार रहेको बताउनु भयो । 


स्पोट्स यूनियन नेपालका उपाध्यक्ष युवराज जिरेलले स्वागत र महासचिब सुदिप शर्माले संचालन गर्नु भएको सो कार्यक्रमा जिफन्ट सचिब कृष्ण केसील खेल क्षेत्रमा ट्रेड युनियन गठनको अवश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।
भेलाले निर्वाचित कमिटीलाइ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले बधाइ तथा शुभकामना दिनु भएको थियो ।

स्पोर्टस युनियन नेपालको उपत्यका स्तरीय आधारभुत ट्रेड युनियन प्रशिक्षण सम्पन्न

जिफन्ट आवद्ध स्पोर्टस युनियन नेपाल (सन) ले  भाद्र १ गते जिफन्ट सभाहलमा उपत्यका स्तरीय आधारभुत ट्रेड युनियन प्रशिक्षण कार्यक्रमको आयोजना गर्‌यो । 

प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले ट्रेड युनियनका आधारभूत जानकारीबाट ट्रेड युनियन आन्दोलन हाँक्ने मानसिकताको विकास हुने बताउनु भयो ।

शुभारम्भ सत्रमा जिफन्ट उपध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिब कृष्ण बहादुर केसी लगायतले कार्यक्रमको सफलताको कामना गर्नुभयो । 

सहभागीहरूलाई स्पोर्टस युनियन नेपालका अध्यक्ष एवं जिफन्ट उपाध्यक्ष सीता लामाले प्रशिक्षण दिनु भएको थियो ।
 

पुरा फोटोकोलागी https://www.facebook.com/media/set/?set=a.122111106086435116&type=3

स्पोर्ट्स युनियन नेपाल (सन) द्वारा खेलाडीलाई बिदाइ र सम्मान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन स्पोर्ट्स युनियन नेपाल (सन)ले असोज २४ गते पुतलीसडक स्थित जिफन्ट सभाहलमा एक कार्यक्रमको आयोजना गरी खुल्ला अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई बिदाइ र गिनिज बुकमा नाम लेखाउन सफल फुटबल खेलाडीलाई सम्मान गरेको छ ।

अजरबैजानमा अक्टोबर १७ देखि २० सम्म आयोजना हुने खुल्ला अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट च्याम्पियनसिप प्रतियोगितामा सहभागि हुने टोलीको प्रमुख प्रशिक्षक एवं व्यवस्थापकमा स्पोर्ट्स युनियन नेपाल (सन)का काठमाण्डो जिल्ला अध्यक्ष वीरकृष्ण महर्जन रहेका छन् ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले खेलाडीहरू पूजा लामा, विनिश महर्जन, ज्ञानेन्द्र हमाल, वीरचन्द्र नकर्मी र सतिश बलामी रहेको टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नु हुँदै प्रतियोगितामा सफलताको लागी शुभकामना दिनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा फुटबल खेलमा १ घण्टामा नौ हजार २१८ पटक टच गरी विश्वकिर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाउन सफल टोखाका फुटबल खेलाडी सजन डंगोललाई जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले सम्मान पत्र प्रदान गरिएको थियो । 

स्पोर्ट्स युनियन नेपाल (सन)का अध्यक्ष तथा जिफन्ट उपाध्यक्ष सीता लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा, जिफन्ट उप महासचिव नरनाथ लुर्इटेल, राष्ट्रिय कमिटी सदस्य सुमन पराजुली, नेकपा एमाले मजदुर विशेष जिल्ला कमिटी अध्यक्ष तुलसी सिवाकोटी, नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य मणिराज डंगोल लगायतका अतिथिहरूले प्रतियोगितामा सहभागी टोलीलाई शुभकामना तथा गिनिज बुकमा नाम लेखाउन सफल फुटबल खेलाडीलाई बधाई दिनु भएको थियो । 

स्पोर्ट्स युनियन नेपाल (सन)का महासचिव सुदिप शर्माले संचालन र उपाध्यक्ष युवराज जिरेलले स्वागत गर्नु भएको सो कार्यक्रममा टोलीको प्रमुख प्रशिक्षक एवं व्यवस्थापक  वीरकृष्ण महर्जन प्रतियोगिताको बारेमा  र गिनिज बुकमा नाम लेखाउन सफल फुटबल खेलाडी सजन डंगोलले आ–आफ्नो अनुभबको बारेमा बताउनु भएको थियो ।

थप फोटोकोलागि लिंकमा क्लीक गर्नु होस ।

https://www.facebook.com/media/set/?set=a.122122658378435116&type=3
 

स्पोर्टस् युनियन, नेपाल (सन)को पाँचौ स्थापना दिवसको जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठद्धारा शुभकामना

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध स्पोर्टस् युनियन, नेपाल (सन)को पाँचौ स्थापना दिवसको सन्दर्भमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले शुभकामना दिनु भएको छ ।

अध्यक्ष श्रेष्ठले चैत्र १६ गते भिडियो सन्देश मार्फत यो संगठनको स्थापना दिवस मनाइरहँदा समग्र खेल क्षेत्रका खेलकर्मी खेलाडीलाई एउटै छातामुनि एकताबद्ध गर्न सफल भएको यस संगठनले योगदानमा आधारित सामाजिक सुरक्षा र मर्यादित कामलाइ सम्पूर्ण खेल क्षेत्रमा लागू गर्न गराउन र खेल क्षेत्र समृद्ध बनाउने महाअभियानमा लाग्नेछ भन्ने बिश्वास सहित स्थापना दिवसले थप प्रेरणा प्रदान गर्ने बिश्वास व्यक्त गर्नु भएको छ ।

स्थापना दिवसको सन्दर्भमा सन केन्द्रीय कमिटीद्धारा काठमाडौंको पुरानो बानेश्वरमा जिफन्ट उपाध्यक्ष विदुर कार्किको प्रमुख आतिथ्यता र  अध्यक्ष सीता लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
 

स्पोर्टस् युनियन, नेपाल (सन)ले पाँचौ स्थापना दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आवद्ध स्पोर्टस् युनियन, नेपाल (सन)ले पाँचौ स्थापना दिवसको सन्दर्भमा अजरबैजानको बाकुमा र गोवामा चौथौं एसियन कपमा बिभिन्न खेल प्रतियोगितामा भाग लिएर विजेता हुनुभएका खेलाडी र प्रशिक्षकहरुलाई चैत्र १६ गते सम्मानित गरेको छ ।

कार्यक्रममा जिफन्ट उपाध्यक्ष विदुर कार्किले स्थापना दिवसको शुभकामना दिनु हुंदै खेल क्षेत्रमा कृयाशील खेलकर्मीहरूलाइ आफ्नो अधिकार र मर्यादित जिवन यापनकालागि संगठीत हुनुको बिकल्प नरहेको बताउनु भएको छ । 

सन अध्यक्ष सीता लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट नेष्ट अध्यक्ष माया गुरूङ, बिधालय खेलकुद महासंघ (SSF) का महासचिव राजकुमार कार्कीले स्थापना दिवसको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122146415852435116&type=3