स्पोर्ट्स युनियन नेपाल (सन) द्वारा खेलाडीलाई बिदाइ र सम्मान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन स्पोर्ट्स युनियन नेपाल (सन)ले असोज २४ गते पुतलीसडक स्थित जिफन्ट सभाहलमा एक कार्यक्रमको आयोजना गरी खुल्ला अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई बिदाइ र गिनिज बुकमा नाम लेखाउन सफल फुटबल खेलाडीलाई सम्मान गरेको छ ।

अजरबैजानमा अक्टोबर १७ देखि २० सम्म आयोजना हुने खुल्ला अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट च्याम्पियनसिप प्रतियोगितामा सहभागि हुने टोलीको प्रमुख प्रशिक्षक एवं व्यवस्थापकमा स्पोर्ट्स युनियन नेपाल (सन)का काठमाण्डो जिल्ला अध्यक्ष वीरकृष्ण महर्जन रहेका छन् ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले खेलाडीहरू पूजा लामा, विनिश महर्जन, ज्ञानेन्द्र हमाल, वीरचन्द्र नकर्मी र सतिश बलामी रहेको टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नु हुँदै प्रतियोगितामा सफलताको लागी शुभकामना दिनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा फुटबल खेलमा १ घण्टामा नौ हजार २१८ पटक टच गरी विश्वकिर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाउन सफल टोखाका फुटबल खेलाडी सजन डंगोललाई जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले सम्मान पत्र प्रदान गरिएको थियो । 

स्पोर्ट्स युनियन नेपाल (सन)का अध्यक्ष तथा जिफन्ट उपाध्यक्ष सीता लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा, जिफन्ट उप महासचिव नरनाथ लुर्इटेल, राष्ट्रिय कमिटी सदस्य सुमन पराजुली, नेकपा एमाले मजदुर विशेष जिल्ला कमिटी अध्यक्ष तुलसी सिवाकोटी, नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य मणिराज डंगोल लगायतका अतिथिहरूले प्रतियोगितामा सहभागी टोलीलाई शुभकामना तथा गिनिज बुकमा नाम लेखाउन सफल फुटबल खेलाडीलाई बधाई दिनु भएको थियो । 

स्पोर्ट्स युनियन नेपाल (सन)का महासचिव सुदिप शर्माले संचालन र उपाध्यक्ष युवराज जिरेलले स्वागत गर्नु भएको सो कार्यक्रममा टोलीको प्रमुख प्रशिक्षक एवं व्यवस्थापक  वीरकृष्ण महर्जन प्रतियोगिताको बारेमा  र गिनिज बुकमा नाम लेखाउन सफल फुटबल खेलाडी सजन डंगोलले आ–आफ्नो अनुभबको बारेमा बताउनु भएको थियो ।

थप फोटोकोलागि लिंकमा क्लीक गर्नु होस ।

https://www.facebook.com/media/set/?set=a.122122658378435116&type=3