निजी तथा आवासीय विद्यालय शिक्षक–कर्मचारी युनियन–नेपाल, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको पेशागत हक हित र अधिकार प्राप्ति र संरक्षणका लागि स्थापना भएको युनियन हो । विगत लामो समयदेखि क्रियाशील रहेका शिक्षक स¨ठनहरू शिक्षा ऐनको संशोधनपछि सार्वजनिक विद्यालयमा मात्र सीमित भएपछि निजी क्षेत्रका शिक्षक तथा कर्मचारीका हक र अधिकार रक्षाको लागि एउटा छुट्टै संगठनको आवश्यकता पर्न गएको कारण यस युनियनको स्थापना भएको हो । देशभरका निजी तथा आवसीय विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी यस युनियनको सदस्य हुन सक्दछन् । यो युनियन २०६० साल वैशाख ६ गते दश वटा अञ्चलका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न राष्ट्रिय भेलाबाट १४ सदस्यीय केन्द्रीय कमिटीको गठन गर्दै स्थापना गरिएको थियो ।
यस युनियनले शिक्षक कर्मचारीको अधिकारको रक्षाका साथै शैक्षिक क्षेत्रमा रहेका समग्र समस्या पहिचान गर्दै समाधानको पहल गर्ने उद्देश्यले हालसम्म विभिन्न विद्यालयबाट निष्कासनमा परेका, रकम भुक्तानी नपाएका, सञ्चयकोषको रकम जम्मा नगरिएका जस्ता समस्याहरूलाई वार्ताबाट समाधान गर्दै आएको छ । शिक्षा सम्बन्धी नीति निर्माण र त्यसको कार्यान्वयनमा समेत सहयोगीको भूमिका निर्वाह गर्ने उद्देश्य राखेको यो युनियन सम्मानित शिक्षण पेशा, स्वाभिमानी पेशाकर्मी, स्वच्छ शैक्षिक वातावरण र गुणस्तरीय शिक्षाको लागि निरन्तर क्रियाशील रह“दै आएको छ ।