नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट आबद्ध युनियन निजी तथा आवासीय विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्स्यु) को माघ १९ गते सम्पन्न तेस्रो अधिवेशनले शिवलाल उपाध्यायको अध्यक्षतामा १७ सदस्य केन्द्रीय कमिटी र राष्ट्रिय प्रतिनिधि परिषद् प्रमुखमा माधव पोडेललाइ निर्वाचित गरेको छ ।
अधिवेशन उद्धधाटन गर्नु हुँदै जिफन्ट उपाध्यक्ष बिदुर कार्कीले निजी तथा आवासीय विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूमा थुप्रै समस्याहरू बिधमान रहेको भन्नु हुँदै समस्याको समाधान सङ्गठित शक्तीबाटमात्र हुने भएको हुनाले प्याब्स्युलाइ बलियो र भरपर्दो सङ्गठनमा रूपान्तरण गर्नुको विकल्प नभएको बताउनु भयो ।

अधिवेशनमा इष्टुका राष्ट्रिय अध्यक्ष होम बहादुर थापा र जिफन्ट आबद्ध युनियनहरूको तर्फबाट क्यूपेक नेपाल अध्यक्ष शान्ता बस्नेतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको अधिवेशन उद्धधाटन शत्रको अध्यक्षता प्याब्स्यु अध्यक्ष माधव पोडेलले, स्वागत उपाध्यक्ष शिवलाल उपाध्यायले र सञ्चालन सचिव अमृत बस्नेतले गर्नु भएको थियो ।
जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलले सञ्चालन गरेको अधिवेशनको बन्द शत्रमा पेस भएको संगठानिक प्रतिवेदन, आगामी कामको योजना, आर्थिक प्रतिवेदन र विधान सर्वसम्मत पारीत गरेको थियो ।

त्यसैगरी जिफन्ट उपाध्यक्ष सीता लामाको नेतृत्वमा बनेको निर्वाचन कमिटीद्वारा निर्वाचित केन्द्रीय कमिटीलाई निर्वाचन कमिटी प्रमुख सीता लामाले पद तथा गोपनिताको शपथ ग्रहण गराउनु भएको थियो ।