बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ, नेपाल (ओम्स नेपाल) विधिवत रूपमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आवद्ध भएको छ । जिफन्टको २१ औं घटक युनियनको रूपमा आवद्ध भएको यस युनियनले बजारमा व्यवस्थापकीय काममा रहेका मजदुरहरूलाई संगठित गर्ने उद्देश्य रहेको छ ।
बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल गण्डकी प्रदेशले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।
प्रदेश अध्यक्ष आह्वान सुबेदीको अध्यक्षतामा भाद्र १९ गते सम्पन्न गण्डकी प्रदेश कमिटीको बैठकले सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश अध्यक्ष रुद्र बहादुर खत्रीले ओम्स नेपाल जिफन्टमा सम्बद्ध युनियनहरू भन्दा कार्य प्रकृति फरक रहेको यस युनियनको भविष्य उज्वल रहेको बताउनु हुँदै जिफन्टको नीति तथा कार्यक्रमको बारेमा प्रस्ट्याउनु भएको थियो ।
त्यसैगरी बैठकमा ओम्स नेपालका वरिष्ठ उपाध्यक्ष बसन्तराज सिग्देल र महासचिव नवराज भुर्तेलले अभियानको सफलताको कामना गर्दै, गत भाद्र ८ गते बुटवलमा सम्पन्न प्रथम अधिवेशनले पारित युनियनको नीति तथा कार्यक्रमको बारेमा प्रकाश पार्नु हुँदै, बजार व्यवस्थापन तथा बिक्री क्षेत्रका श्रमिकहरूमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनका लागि एकजुट भएर लाग्न सदस्यहरूलाई आव्हान गर्नुभयो ।
बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ ओम्स नेपालको दोस्रो स्थापना दिवस भाद्र २६ गते देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
मदेश प्रदेशको बिरगंजमा बिरगंज ईकाई कमिटीको आयोजनामा मानबसेवा आश्रममा फलफूल एवम् बिस्कुट वितरण तथा भोजन सेवा साथै आश्रमको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम गरी स्थापना दिवस मनाएको छ भने जनकपुर ईकाई कमिटीले मानबसेवा आश्रममा भोजन सेवा गरी दोस्रो स्थापना दिवस मनाएको हो ।
त्यसैगरी बागमती प्रदेशको नारायणी ईकाई कमिटीद्वारा मन्जु श्री असहाय संरक्षण केन्द्र भरतपुरमा खाजा तथा कपडा वितरण गरी स्थापना दिवस मनाएको छ भने, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा मानव सेवा आश्रम बुटवलमा भोजन सेवा प्रदान गरेको छ ।
स्थापना दिवसको सन्दर्भमा सुदुर पश्चिम प्रदेश कमिटीको अयोजनामा जिफन्ट सुदुर पश्चिम प्रदेश कार्यालयमा वृक्षारोपण कार्यक्रम तथा मानव आश्रम धनगढीमा भोजन सेवा सम्पन्न गरेको छ त्यसैगरी गण्डकी प्रदेशको अयोजनामा पोखरास्थित हरिहर सन्यास आश्रम खाद्यान्न वितरण गरी स्थापना दिवस मनाएको ओम्स नेपालका जनक ढकालले जानकारी दिनु भएको थियो ।
बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ नेपाल (ओम्स नेपाल)ले भाद्र २९ गते तनहुँ जिल्लाको आंबु खैरेनीमा हरी पौडेलको अध्यक्षतामा ८ सदस्य शाखा कमिटी गठन गरेको छ ।
ओम्स नेपाल केन्द्रीय अध्यक्ष सुर्य पराजुलीको प्रमुख आतिथ्यमा, बिरिष्ठ उपाध्यक्ष बसन्त राज सिग्देल सहभागी रहेको सो कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश उपाध्यक्ष दिपक अधिकारीले गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ ओम्स नेपाल उदयपुर इकाई कमिटी सदस्य स्वर्गीय बेद मणी तिम्सिनाको परिवारलाई ओम्स नेपालले १ लाख ३६ हजार १९५ रूपया आर्थिक सहयोग प्रदान गरेको छ ।
ओम्स नेपाल केन्द्रीय उपमहासचिव बाबुराम पोखरेलको नेतृत्वमा कार्तिक ६ गते स्वर्गीय तिम्सिनाको निवासमा आयोजित संक्षिप्त श्रद्धाञ्जली सभामा सो रकम हस्तान्तरण गरेको हो
बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन माघ १९ गते ओम्स नेपाल केन्द्रिय अध्यक्ष सूर्य पराजुलीको प्रमुख अतिथ्यमा सम्पन्न भयो ।
अधिवेशनले अर्जुन नेपालको अध्यक्षतामा १३ सदस्य कमिटी निर्वाचित गरेको छ ।
अधिवेशनमा जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले लगायत ओम्स नेपालका केन्द्रीय नेताहरूले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो।
बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपालको फागुण १८ गते चितवनमा सम्पन्न प्रथम अधिवेशनले रामबाबु घिमिरेको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित गरेको छ ।
ओम्स नेपाल केन्द्रीय अध्यक्ष सुर्य पराजुलीको प्रमुख अतिथ्यमा जिफन्ट चितवन जिल्ला समन्वय कमिटी अध्यक्ष पुष्कर बाबु त्रिपाठी लगायतका अतिथीहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो ।