ओम्स नेपालले दोस्रो स्थापना दिवस देशैभरी मनायो

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ ओम्स नेपालको दोस्रो स्थापना दिवस भाद्र २६ गते देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरी  मनाएको छ । 

मदेश प्रदेशको बिरगंजमा बिरगंज ईकाई कमिटीको आयोजनामा  मानबसेवा आश्रममा फलफूल एवम् बिस्कुट वितरण तथा भोजन सेवा साथै आश्रमको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम गरी स्थापना दिवस मनाएको छ भने जनकपुर ईकाई कमिटीले मानबसेवा आश्रममा भोजन सेवा गरी दोस्रो स्थापना दिवस मनाएको हो । 

त्यसैगरी बागमती प्रदेशको नारायणी ईकाई कमिटीद्वारा मन्जु श्री असहाय संरक्षण केन्द्र भरतपुरमा खाजा तथा कपडा वितरण गरी स्थापना दिवस मनाएको छ भने, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा मानव सेवा आश्रम बुटवलमा भोजन सेवा प्रदान गरेको छ । 

स्थापना दिवसको सन्दर्भमा सुदुर पश्चिम प्रदेश कमिटीको अयोजनामा जिफन्ट सुदुर पश्चिम प्रदेश कार्यालयमा वृक्षारोपण कार्यक्रम तथा मानव आश्रम धनगढीमा भोजन सेवा सम्पन्न गरेको छ त्यसैगरी गण्डकी प्रदेशको अयोजनामा पोखरास्थित हरिहर सन्यास आश्रम खाद्यान्न वितरण गरी स्थापना दिवस मनाएको ओम्स नेपालका जनक ढकालले जानकारी दिनु भएको थियो ।