सरसफाइ क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूलाई क्षमता विकास तालिम

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल सफाइ कर्मचारी युनियनद्वारा महिला क्षमता विकास तालिम सम्पन्न गरेको छ । 

कार्तिक ९ र १० गते अनामनगरस्थित जिफन्ट स्कुलमा सञ्चालन भएको सो तालिममा संगठन निर्माण, विस्तार र परिचालन, नेतृत्व विकास तथा यसको महत्त्व, श्रम कानुन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, र सामूहिक सौदाबाजी विषयमा सहभागीहरूलाई तालिम दिएको थियो । 

सरसफाइ क्षेत्रमा कार्यरत महिला श्रमिकहरू सहभागी रहेको कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, श्रम सम्बन्ध परिषद् सदस्य अधिवक्ता भक्ति घिमिरे लगायतले तालिम दिनु भएको थियो ।