२०३६ माघ २५ गते उपत्यकाका पे्रस मजदुरहरूको एक भेलाले नेपाल स्वतन्त्र पे्रस मजदुर युनियन (नेस्वपे्रमयू) को उपत्यका समिति गठन भएपछि २०३७ बैशाख १३–१४ गते प्रथम उपत्यका सम्मेलन खुला रूपमा इटुंबहालमा सम्पन्न भयो । त्यसपछि यो युनियन क्रमशः नेपालभर छरिएर रहेका प्रिन्टिङ प्रेसस“ग सम्बन्धित रहेर काम गर्ने श्रमिकहरूको साझा युनियन बन्दै गयो । २०४७ माघ १९ गते देशभरिका पे्रस मजदुरहरूको भेलाबाट नेपाल स्वतन्त्र पे्रस मजदुर युनियनको केन्द्रीय तयारी समिति गठन भयो ।
यो युनियन मुद्रण क्षेत्रमा काम गर्ने श्रमिकहरूकोे एक मात्र आधिकारिक युनियन हो । पे्रस मजदुरहरूको हक, हित र अधिकारको लागि स्थापित यस युनियनले २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेकोे थियो । मुद्रण तथा प्रकाशन उद्योगस“ग सम्बन्धित प्रिन्टिङ पे्रस, स्क्रिन प्रिन्टिङ, कम्प्युटर डेस्कटप पब्लिसिङ, जेरोग्राफी, ग्राफिक डिजाइनिङ, पत्रपत्रिका वितरण र यस्तै प्रकृतिका अन्य उद्योगहरूमा काम गरे बापत पारिश्रमिक लिने व्यक्तिहरू यस युनियनको सदस्य छन् । यो युनियनको अन्तर्राष्ट्रिय क्षेत्रमा ग्लोवल युनियन फेडेरेसन—युनियन नेटवर्क (युएनआई) इन्टरनेसनलसँग सम्बन्ध स्थापित भएको छ ।