इम्प्रेसन नेपालको उपत्यका स्तरीय भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध आइसिटी, मिडिया, प्रेस, प्रोफेसनल युनियन नेपाल (इम्प्रेसन नेपाल) को काठमाण्डो उपत्यका स्तरीय भेला भाद्र २५ गते पुतलीसडक स्थित जिफन्ट सभाहलमा इम्प्रेसन नेपाल बागमती प्रदेश इन्चार्ज राजु दाहालको अध्यक्षतामा सम्पन्न भयो ।

भेलाका प्रमुख अतिथि इम्प्रेसन नेपालका अध्यक्ष वालगोपाल थापाले भेलाको उद्देश्यबारे प्रस्ट पार्नु हुँदै श्रमिकहरूको अधिकार, "इम्प्रेसन नेपालको अवसर र चुनौतीका बारेमा आफ्ना धारणा राख्नु भयो । 

जिफन्ट बाग्मती प्रदेश सदस्य ईश्वरी थापा, इम्प्रेसन नेपालका उपाध्यक्ष किरण माली, अर्ची अफसेटका अध्यक्ष नारायण भक्त सुवाल, कान्तिपुर पब्लीकेशनका अध्यक्ष राम निरौला, एनसेल अध्यक्ष शुकान्त अधिकारी लगायतका नेताहरूले भेलामा सम्बोधन गर्नु भएको थियो ।

इम्प्रेसन नेपालका महासचिब सुरज अधिकारीले संचालन र उपमहासचिव सुमन गौतमले स्वागत गर्नु भएको भेलाले फन्नीराज गुरागाईँको अध्यक्षतामा ११ सदस्य काठमाण्डौं जिल्ला तदर्थ कमिटी गठन गरेको छ ।

त्यसैगरी रमेश कार्कीको अध्यक्षतामा ५ सदस्य ललितपुर जिल्ला तदर्थ कमिटी र मोहन श्रेष्ठको अध्यक्षतामा ६ सदस्य भक्तपुर जिल्ला तदर्थ कमिटी गठन गरेको छ ।