नेपाल ट्रेड युनियन महासघ जिफन्ट सम्बद्ध युनियन आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल युनियन, इम्प्रेशन नेपाल केन्द्रिय पदाधिकारी र सल्लाहकारहरू समेतको टोलिले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार बिष्णु रिमाल समक्ष भेट गरेको छ ।
इम्प्रेशन नेपालका केन्द्रिय अध्यक्ष बालगोपाल थापाको नेतृत्वमा भाद्र ११ गते सिहदरवार स्थित प्रधानमन्त्रीको कार्यालयमा भेटमा प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलि, जिफन्ट सचिव तथा इम्प्रेशन नेपालका प्रतिनिधि परिषद प्रमुख महेन्द्र लाल श्रेष्ठ, आइसीटी प्रोफेसनल्सका पूर्व संयोजक तथा आइसीटी बिज्ञ रोमकान्त पाण्डे, टेलिकम बिज्ञ डा शालिग्राम पराजुली लगायत आइसीटी क्षेत्रका बिज्ञ र इम्प्रेशन नेपालका केन्द्रिय पदाधिकारीहरूको उपस्थिति रहेको थियो l
भेटको अवसरमा मुख्य सल्लाहकार बिष्णु रिमालले आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्न प्रयास गर्ने बताउनु हुँदै "तपाईँ इम्प्रेशन संग सम्बन्धित श्रम, संचार र प्रविधि क्षेत्र आजको सन्दर्भमा निकैनै सम्बेन्दंशील छन् यी बिषयहरु जनता र राज्य संचालनमा हरेक पल जोडिनछन्, त्यसैले कुनै पनि सरकारको सफलता र असफलता यी क्षेत्रहरूमा सरकार र राज्य संचालनका सबै अङ्गहरूले देखाउने दक्षता (पर्फर्मेन्स) मा निर्भर गर्ने बताउनु भयो ।

इम्प्रेशनको यो बिज्ञ टोलीले गरेको भरोसा, विश्वास र माया प्रति सधैँ आभारी रहने मुख्य सल्लाहकार बिष्णु रिमालले बताउनु भयो ।
टोलीको तर्फबाट भेटको उद्देश्यबारे संक्षिप्त मन्तब्य राख्दै इम्पेशन महासचिब सुरज अधिकारीले श्रम, संचार र प्रविधि क्षेत्रका, नयाँ र पुरानो दुवै पुस्ता बिच उतिकै भरोसायोग्य व्यक्तिलाई प्राप्त मुख्य सल्लाहकारको जिम्मेवारीले हालको निराशाजनक अवस्थामा नयाँ परिणाम निस्कने विश्वास रहेको र प्राप्त जिम्मेवारी र भूमिकाको लागि हार्दिक शुभकामना र बधाई दिनुभयो l
