८ मार्च महत्वपूर्ण र ऐतिहासिक दिनः जिफन्ट

काठमाडौं, विश्वमा फैलिएको नोबेल कोरोना भाइरस(कोभिड १९) का कारण सरकारले सार्वजनिक कार्यक्रमहरु आयोजना नगर्न आग्रह गरिरहेको सन्दर्भमा नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले ८ मार्चको अवसरमा श्रमिक भेला तथा र्याली नगर्ने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उक्त भाईरसको उच्च जोखिममा रहेको सूचना यसअघि नै प्रकाशित गरेको छ ।

जिफन्टले ८ मार्चको अवसरमा हरेक वर्ष लैङ्गिक समानता, मर्यादित र दीगो काम, रोजगारीमा समान अवसर तथा प्रभावकारी प्रतिनिधित्वको लागि श्रमिकहरूको एकता प्रदर्शन गर्दै सचेतना मुलक विभिन्न कार्यक्रम आयोजना गर्ने गर्दछ । यस बर्ष भनें जिफन्टले सम्वन्धित निकायमा ज्ञापन पत्र बुझाउने रुपमा कार्यक्रमलाई रुपान्तरण गरेको छ ।

जिफन्टका महासचिव जनक चौधरीले एक प्रेश विज्ञप्ती प्रकाशित गर्दै ८ मार्चलाई महत्वपूर्ण र ऐतिहासिक दिवस भन्दै यस सन्दर्भमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरू प्रति जिफन्टका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको छ ।

विज्ञप्तीमा भनिएको छः ८ मार्च मानविय विभेद विरुद्ध गरिएको वीरतापूर्ण संघर्ष मध्ये एक हो । सन् १९०० को समयमा महिला श्रमिकहरूमाथि अत्यन्तै ठूलो शोषण रहेको स्मरण गर्दै विज्ञप्तीमा महिला श्रमिकले सँगै र एउटै काम गर्ने पुरुष श्रमिकले पाए सरहको पारिश्रमिक र सुविधा नपाउने लगायतका अनेकौ विभेद खेप्नु  परेको उल्लेख छ । सन् १९०८ मा “खेलको नियम परिवर्तन गर (चेन्ज द गेम)” भन्दै महिला अधिकारको लागि अमेरिकाको न्यूयोर्कमा भएको प्रदर्शन र सो प्रदर्शनमा अगाडी सारिएका मागलाई जिफन्टले स्मरण गरेको छ ।

सन् १९११ मा पहिलो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस युरोप तथा उत्तर अमेरिकामा लाखौँ महिला र पुरुष श्रमिकहरू सहभागी भएर उत्साहपूर्वक मनाएको र सन् १९१३ देखि ८ मार्च हरेक वर्ष श्रमिक महिला दिवस्को रूपमा मनाउन थालिएको विज्ञप्तीमा उल्लेख छ । सन् १९७५ मा संयूक्त राष्ट्र संघले यो दिवसलाई महिला अधिकार र अन्तर्राष्ट्रिय शान्ति दिवसको रूपमा मनाउने निर्णय ग¥यो विज्ञप्तीमा भनिएको छ ।

यस बर्ष नेपाल सरकारले पनि ८ मार्चको अवसरमा ठूला सार्वजनिक कार्यक्रम नगर्ने घोषणा गरिसकेको छ । नेबेल कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न सरकारले भेला लगायतका कार्यक्रम नगर्न पटक पटक आग्रह गर्दै आएको छ । 
प्रेश बिज्ञप्ती संलग्न छ

श्रमिक खबर ७८६ १६ बैसाख २०८३ Workers’ News 786 29 April, 2026
श्रमिक खबर ७८६ (१६ बैसाख २०८३) Workers’ News 786 (29 April, 2026)
श्रमिक खबर ७८५ (१५ बैसाख २०८३) Workers’ News 785 (28 April, 2026)
श्रमिक खबर ७८५ (१५ बैसाख २०८३) Workers’ News 785 (28 April, 2026)#gefont #shramikkhabar #workersnews #itwan #sun #28pril
श्रमिक खबर ७८४ (१४ बैसाख २०८३) Workers’ News 784 (27 April, 2026)
श्रमिक खबर ७८४ (१४ बैसाख २०८३) Workers’ News 784 (27 April, 2026)#gefont #shramikkhabar #workersnews #itwan #cuppec
श्रमिक खबर ७८३ (१३ बैसाख २०८३) Workers’ News 783 (26 April, 2026)
श्रमिक खबर ७८३ (१३ बैसाख २०८३) Workers’ News 783 (26 April, 2026)
श्रमिक खबर ७८२ (११ बैसाख २०८३) Workers’ News 782 (24 April, 2026)
श्रमिक खबर ७८२ (११ बैसाख २०८३) Workers’ News 782 (24 April, 2026)#gefont #shramikkhabar #workersnews #itwan #hun #nest #ilo
श्रमिक खबर ७८१ (१० बैसाख २०८३) Workers’ News 781 (23 April, 2026)
श्रमिक खबर ७८१ (१० बैसाख २०८३) Workers’ News 781 (23 April, 2026)
श्रमिक खबर ७८० (९ बैसाख २०८३) Workers’ News 780 (22 April, 2026)
श्रमिक खबर ७८० (९ बैसाख २०८३) Workers’ News 780 (22 April, 2026)
श्रमिक खबर ७७९ (८ बैसाख २०८३) Workers’ News 779 (21April, 2026)
श्रमिक खबर ७७९ (८ बैसाख २०८३) Workers’ News 779 (21April, 2026)
श्रमिक खबर ७७८ (७ बैसाख २०८३) Workers’ News 778 (20April, 2026)
श्रमिक खबर ७७८ (७ बैसाख २०८३) Workers’ News 778 (20April, 2026)
श्रमिक खबर ७७७ (६ बैसाख २०८३) Workers’ News 777 (19 April, 2026)
श्रमिक खबर ७७७ (६ बैसाख २०८३) Workers’ News 777 (19 April, 2026)