सामाजिक अपराधका रुपमा रहेको बालश्रमलाई जरै देखि उखेलेर फ्याँकौंः जिफन्ट

काठमाडौं, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले बालश्रमलाई सभ्य समाजको लागि एउटा कलंक भन्दै बालबालिकालाई काममा जोताउने समाज सभ्य र सुसंस्कृत हुनै नसक्ने बताएको छ । त्यसैले यो सामाजिक अपराधलाई जरैदेखि उखेलेर फयाँक्नका लागि हातेमालो गर्न,  बालश्रम प्रयोग नगर्न र हुन नदिन प्रतिवद्दता जनाउन आग्ह गरेको छ ।


जिफन्टका महासचिव जनक चौधरीले एक विज्ञप्ती प्रकाशित गर्दै बाल श्रम निवारणका लागि आवश्यक नीतिगत प्रवन्ध गर्न, सरोकारवाला अन्य निकायहरुलाई क्षमता अभिवृद्दि सहित सहकार्य गर्न, बालश्रममा परेकाहरुको खोजी, अनुगमन, उद्दार तथा पुनस्थापना गर्नका लागि सरकारले सवै सामाजिक सहयात्रीलाई साथमा लिएर अगाडी बढ्न जरुरी रहेको बताउनु भएको छ ।  

सरकारले बालश्रम राष्ट्रिय गुरुयोजना (२०६१–२०७१) तर्जुमा गरी कार्यान्वयनमा ल्यायो भनें हाल बालश्रम निवारण सम्वन्धि राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) कार्यान्वयनमा छ । सो गुरुयोजनाले विसं २०७९ सम्ममा निकृष्ट र शोषणयुक्त प्रकारको बालश्रम निवारण गर्ने तथा विसं २०८२ सम्ममा सवै प्रकारका बालश्रम निवारणको लक्ष्य राखेको छ । यसका लागि सवै सामाजिक सहयात्रीलाई साथमा लिएर अगाडी बढ्न जिफन्टले आग्रह गरेको हो ।  

नेपाल विश्वमा निक्कै उच्च बालश्रम दर रहेको मुलुक मध्येको एक हो । अन्तराष्ट्रिय श्रम संगठन तथा युनिसेफले नेपालमा अहिले पनि ठूलो संख्यामा बाल श्रमिक रहेको तथ्याँक सार्वजनिक गर्दै आएका छन् । नेपालमा विगतमा बालश्रमिक धेरै प्रयोग हुने क्षेत्रका रुपमा बदनाम भएका गलैंचा उद्योग, खानी जस्ता क्षेत्रमा बालश्रम कम भएका पनि छन्  । तर  सडक व्यापार, मोटरसाईकल मर्मत, सामान ओसारपसार, घरायसी  काम, भरिया लगायतका क्षेत्रमा बालश्रमको प्रयोग बृद्दि भएको छ ।

नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई सम्मान पूर्वक बाँच्न पाउने, ईच्छा विपरित काममा लगाउन नपाईने सहित शोषण विरुद्दको हक प्रदान गरेको छ । कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तैखालका जोखिमपूर्ण काममा लगाउन बन्देज लगाइएको छ ।

श्रम ऐन, २०७४ ले पनि कसैले पिन बालबालिकालाई कानून विपरित हुनेगरी काममा लगाउन नपाईने व्यवस्था गरेको छ । अन्तराष्ट्रिय श्रम  संगठन (आईएलओ) को सन् २०१७ को तथ्याँक अनुसार विश्वमा १५ करोड ५२ लाख बालबालिका श्रममा संलग्न छन् । तिनिहरु मध्ये झण्डै आधा अर्थात ७ करोड ३० लाख जोखिमपूर्ण श्रममा संलग्न रहेको तथ्याँक छ । बालश्रमिक मध्ये आधा भन्दा धेरै ५ बर्ष देखि ११ बर्ष उमेर समूहका हुने गरेका छन् ।

प्रेश बिज्ञप्ती संलग्न छ ।

श्रमिक खबर ७८६ १६ बैसाख २०८३ Workers’ News 786 29 April, 2026
श्रमिक खबर ७८६ (१६ बैसाख २०८३) Workers’ News 786 (29 April, 2026)
श्रमिक खबर ७८५ (१५ बैसाख २०८३) Workers’ News 785 (28 April, 2026)
श्रमिक खबर ७८५ (१५ बैसाख २०८३) Workers’ News 785 (28 April, 2026)#gefont #shramikkhabar #workersnews #itwan #sun #28pril
श्रमिक खबर ७८४ (१४ बैसाख २०८३) Workers’ News 784 (27 April, 2026)
श्रमिक खबर ७८४ (१४ बैसाख २०८३) Workers’ News 784 (27 April, 2026)#gefont #shramikkhabar #workersnews #itwan #cuppec
श्रमिक खबर ७८३ (१३ बैसाख २०८३) Workers’ News 783 (26 April, 2026)
श्रमिक खबर ७८३ (१३ बैसाख २०८३) Workers’ News 783 (26 April, 2026)
श्रमिक खबर ७८२ (११ बैसाख २०८३) Workers’ News 782 (24 April, 2026)
श्रमिक खबर ७८२ (११ बैसाख २०८३) Workers’ News 782 (24 April, 2026)#gefont #shramikkhabar #workersnews #itwan #hun #nest #ilo
श्रमिक खबर ७८१ (१० बैसाख २०८३) Workers’ News 781 (23 April, 2026)
श्रमिक खबर ७८१ (१० बैसाख २०८३) Workers’ News 781 (23 April, 2026)
श्रमिक खबर ७८० (९ बैसाख २०८३) Workers’ News 780 (22 April, 2026)
श्रमिक खबर ७८० (९ बैसाख २०८३) Workers’ News 780 (22 April, 2026)
श्रमिक खबर ७७९ (८ बैसाख २०८३) Workers’ News 779 (21April, 2026)
श्रमिक खबर ७७९ (८ बैसाख २०८३) Workers’ News 779 (21April, 2026)
श्रमिक खबर ७७८ (७ बैसाख २०८३) Workers’ News 778 (20April, 2026)
श्रमिक खबर ७७८ (७ बैसाख २०८३) Workers’ News 778 (20April, 2026)
श्रमिक खबर ७७७ (६ बैसाख २०८३) Workers’ News 777 (19 April, 2026)
श्रमिक खबर ७७७ (६ बैसाख २०८३) Workers’ News 777 (19 April, 2026)