नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय महिला कमिटीको आयोजनामा सातै प्रदेशमा लैंगिक हिंसा विरुद्ध अभियान २०७९ को सन्दर्भमा जिफन्टको आचार संहिता विषयक कार्यशाला मंसिर १७ गते सम्पन्न भएको छ ।
"महिला हिंसा विरुद्धका पहल कदमीहरुलाई एकतावद्ध गरौं" भन्ने नाराका साथ काठमाण्डौ स्थीत जिफन्ट नियमित ट्रेड यूनियन स्कुलमा राष्ट्रिय महिला कमिटी अध्यक्ष सीता लामाको अध्यक्षता र जिफन्ट केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।
जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले जिफन्टले जेण्डर समानताकालागी आचार संहिता निर्माणगरी लैङ्गिक हिंसा विरुद्ध अभियान संचालन गरीरहेको बताउदै जिफन्ट अचार सहिता समय सापेक्ष पुनरावलोकन गर्न लैंगिक हिंसा विरुद्धको विश्व अभियानको सन्दर्भ पारेर सातै प्रदेशमा कार्यशालाको आयोजना गरेको बताउनु भयो ।
उहाले समयको गत्ती संगै हिंसाको पनी स्वरूप फेरीन थालेको भन्नु हुंदै पिडितले मात्र होईन पिडकले पनि हिंसाकोबारे ज्ञान पाएमा मात्र हिंसा न्यूनीकरण हुने अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
अर्को प्रसंगमा बोल्दै अध्यक्ष श्रेष्ठले चुनावी परिणाम अनुसार स्थिर सरकार बन्ने संभावना नरहेको र गठबन्धनको अस्थिर सरकार बनेमा नेपाली श्रम बजारमा झन ठूलो असर पर्ने संभावना रहेको बताउंदै त्यसमा सम्पुर्ण श्रमजीवीहरुलाई सचेत रहन आग्रह पनि गर्नुभएको छ ।
जिफन्ट राष्ट्रिय महिला कमिटी सचिब बिजया खड्काले संचालन गर्नु कार्यशालामा जिफन्ट उपाध्यक्षहरू बिदुर कार्की, सिता लामा र महासचिब लक्ष्मण शर्माले जिफन्टको निती तथा कार्यक्रमको बारेमा बताउनु भएको थियो ।
त्यसैगरी प्रदेश नं.१ को बिराटनगरमा, मधेस प्रदेशको सिमारामा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदुर पश्चिम प्रदेशको धनगढीमा जिफन्ट महिला कमिटीको अयोजनामा जिफन्टको आचार संहिता विषयक कार्यशाला सम्पन्न भयो ।
जिफन्ट राष्ट्रिय कमिटी, जिफन्ट सम्बद्ध यूनियनको केन्द्रीय पदाधिकारीहरु सहभागी रहनु भएको कार्यक्रममा सामाजिक संजालको दुरुपयोग मार्फत हुने महिला विरुद्धको हिंसा वर्तमान समयमा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको र आचार संहिता थपघट गर्नुपर्ने अन्य विषय, आचार संहितालाई प्रभावकारी कार्यान्वयनका उपायहरु, महिला नेतृत्व विकासको लागि कार्यकर्ता छनौट प्रक्रिया एवं विधानको व्यवस्था अनुसारको पदमा रहि सांगठनिक जिम्मेवारी पूरा गर्न घर, परिवार, समाज, कार्यथलो र युनियनमा भएको समस्या बारे आफ्ना सुझाबहरु प्रस्तुत गर्नुभएको थियो ।