काठमाडौं नेपाल ट्रेड युनियन महासंघ–जिफन्टले आठौं राष्ट्रिय श्रमिक महिला सम्मेलन आयोजना गरेको छ । देशभरीबाट झण्डै २ सय महिला र पुरुष प्रतिनिधि सहभागि रहेको सम्मेलनले सिता लामाको अध्यक्षतामा १७ सदस्य जिफन्ट केन्द्रिय महिला कमिटी चयन गरेको छ ।
सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै जिफन्ट संरक्षक तथा नेकपा एमाले उपमहासचिब विष्णु रिमालले ट्रेड युनियन आन्दोलनमा महिला सहभागिता बृद्धि गर्न जिफन्टले सुरु गरिएको अभियानले महत्वपूर्ण उपलव्धी हासिल भएको बताउनुभयो ।
उहाँले जिफन्ट महिला कमिटीको आठौं सम्मेलनको नारा हाम्रो सहभागिता, हाम्रो प्रतिनिधित्व, सम्झै, बुझैं, अधिबढै साह्रै सान्दर्भिक रहेको बताउदै महिला कमिटी बनाउन सुरु गर्दा नेतृत्वमा महिलाको प्रतिनिधित्व शुन्य रहेको हुनाले त्यसलाई बृद्धि गर्दै लैजान हरेक महाधिवेशनमा ५ प्रतिशत महिला सदस्यता बृद्धि गर्ने लक्ष्य राखिएको स्मरण गदैर् हाल सम्म अाउदा उल्लेख्य प्रगति हासिल भएको बताउनु भयो । 
सुरुवातको जिफन्टको महिला विभागको प्रमुख राष्ट्रपति हुनु हुन्छ भने अहिले थुप्रै जिफन्टकर्मी अगुवा महिला नेतृ केन्द्रीय ससद, प्रदेशसभा तथा स्थानीय तहमा निर्वाचित भएर काम गरी रहनु भएको बताउदै जिफन्टमा कृयाशिल महिला नेताहरू केवल आलंकारिक मात्र नभई, क्षमतावान पनी छन् भन्ने रिमालको धारणा थियो ।
प्रमुख अतिथी रिमालले बिगत जिफन्टले गरेको कामहरूलाइ सम्झैदै, त्यस्को मुल्याकंन गरी आज हाम्रो अवस्था के छ र उपल्ब्धी के भयो यस्लाइ बुझैं, र अगामी दिनमा थप उपलब्धीकालागी योजना सहित अगाडी बड्नु पर्ने बताउनु भयो ।
सम्मेलनमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्ट सदैव महिलाको प्रतिनिधित्व बढ्नु पर्दछ भन्नेमा सहमत रहेको भन्दै त्यसका लागि जिफन्टमा र यूनियनमा महिला श्रमिकको सदस्य संख्या बढाउनु पर्ने धारणा राख्नु हुंदै नेपालमा पहिलो पटक संगठनमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत गर्ने जिफन्ट नै रहेको भन्दै हाल जिफन्टको राष्ट्रिय कमिटीमा झण्डै ४० प्रतिशत महिला प्रतिनिधित्व रहेको बताउनु भयो । 
त्यसैगरी सम्मेलनमा जिफन्ट पुर्व उपाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य बिना श्रेष्ठ, गुमा अचार्य स्वीडीस पेण्टर यूनियनका उपाध्यक्ष पिटर, एसिभिबिएलइर बेल्जिमकी अन्तरराष्ट्रिय प्रमुख लाटेटिया बाल्देन, मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष उषा किरण भण्डारीले अधिबेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
जिफन्ट महिला कमिटी अध्यक्ष मिना गुरूङको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा जिफन्ट महिला कमिटीका पुर्व अध्यक्षहरू स्वष्टी बज्राचार्य, सम्माननिय राष्ट्रपती बिद्धा भण्डारी, बिना श्रेष्ठ र गुमा अचार्यलाइ सम्मान गरीएको थियो ।