चितवनमा जिफन्ट र अनेमसंघले संयुक्त, रुपमा मनाए अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश

काठमाडौं, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), भरतपुर महानगरपालिका कमिटी र अखिल नेपाल महिला संघ, चितवन जिल्ला कमिटीको संयुक्त आयोजनामा भरतपुरमा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाइएको छ ।

अखिल नेपाल महिला संघ, चितवनकी अध्यक्ष सरस्वती बिष्टको अध्यक्षतामा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज हरी सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवशरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), वाग्मती प्रदेश अध्यक्ष रामहरी नेपालले अनेमसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको नारा सामाजिक सुरक्षा राखेकोमा ट्रेड युनियनले उठाउदै आएको मुद्धा उठाइदिएकोमा धन्यवाद दिनुभयो । उहाँले योगदानमा आधारीत सामाजिक सुरक्षाबाट देश नौलो युगमा प्रवेश गरेको र यो काम केपी ओली नेतृत्वको सरकारले गरेको कुरा स्मरण गर्नुभयो ।



विशिष्ट अतिथि नेपालले ट्रेड यूनियनको भूमिका र श्रमिकको व्याख्या गर्दै अनेमसंघ भित्र पनि श्रमिकहरु भएकाले ट्रेड युनियनमा लाग्न र योगदानमा आधारीत सामाजिक सुरक्षा योजनामा सहभागि हुन आह्वान गर्नुभयो ।

कार्यक्रममा जिफन्टका तर्फबाट राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सचिव तथा जिफन्ट, वाग्मती प्रदेश महिला कमिटी सदस्य अञ्जु गुरु¨ले स्वागत गर्नुभएको थियो ।

दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश