प्लाटफर्म श्रमिकहरुको हकको संरक्षण गर्न आइएलओ महासन्ध पारीत

जेनेभामा सम्पन्न ११४ अं अन्तर्राष्ट्रिय श्रम सम्मेलनले प्लाटफर्ममा काम गर्ने श्रमिकहरुको हकको संरक्षण गर्न प्रस्तावित आइएलओ महासन्धी, २०२६ पारित भएको छ ।

यसै सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले संसारभरका गीग र प्लाटफर्म क्षेत्रका श्रमिकहरुलाई वधाई दिंदै नेपाल सरकारलाइ महासन्धी अनुमोदनकालागी अनुरोघ गरेको छ ।

यो महासंन्धीले प्लेटफर्म अर्थतन्त्रमा संगठित हुने स्वतन्त्रता र सामूहिक सौदाबाजीको अधिकारहरु सुरक्षित हुने, श्रमिक र रोजगारदाता नमान्ने विरुद्धको सुरक्षा, अनुचित अवकास  विरुद्ध सुरक्षालाई बलियो बनाउने, एल्गोरिथमिक व्यवस्थापनलाई मान्यता दिन्छ र पारदर्शिता र जवाफदेहिता सुधार गर्नुका साथै न्यूनतम ज्याला भन्दा कम नहुने गरी पारिश्रमिकको समयमै भुक्तानी र सामाजिक सुरक्षामा पहुँच सुनिश्चित गर्न उपायहरूको लागि मार्ग प्रशस्त गर्दछ र श्रमिकहरूको व्यक्तिगत डेटा सुरक्षित गर्न सुरक्षा उपायहरू लागू गर्ने बारेमा प्रतिवध्दता व्यक्त गर्दछ।