११४औं अन्तरर्राष्ट्रिय श्रम सम्मेलनको एजेण्डा तयारी गर्न एसिया प्रशान्तको क्षेत्रीय सम्मेलन

अन्तरराष्ट्रिय ट्रेड युनियन केन्द्र (आइटियुसी)द्वारा ११४औं अन्तरर्राष्ट्रिय श्रम सम्मेलनको एजेण्डा तयारी गर्नको लागि चैत्र २६ र २७ गते बैंककमा एसिया प्रशान्त क्षेत्रका श्रमिक युनियनहरुको क्षेत्रीय सम्मेलन आयोजना गरेकोछ।

श्रमिकहरुको न्यूनतम मापदण्डहरुको कार्यान्वयनको व्यवस्था मूल्याङ्कन सम्बन्धमा छलफल भएको पहिलो दिनको सम्मेलनमा  नेपालमा पछिल्लो अवस्थामा भएका राजनीतिक परिवर्तनहरु र त्यसले श्रमिकका अधिकार र अवस्थाहरुमा पार्ने प्रभावको बारेमा छलफल भएको थियो।  

त्यसैगरी सम्मेलनको दोस्रो दिनमा प्लाटफर्म आधारित श्रमिकहरुको संरक्षणको बारेमा आगामी ILO सम्मेलनबाट तयार हुने सिफारिस सहितको अभिसन्धीको मस्यौदाका बारेमा छलफल भएको थियो ।

छलफलमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महासचिव लक्ष्मण शर्माले,प्लाटफर्म श्रमिकहरुको पेशागत सुरक्षा र स्वास्थ्य (OSH)का सरोकारहरुको समूहकार्यको समन्वय गर्दै पुराना उद्योग तथा कल कारखानामा आधारित बुझाईबाट मात्र पुग्दैन बिकसित प्रबिधीमा आधारीत कामहरूलाइ पनि अत्मासाथ गर्नु पर्ने बताउनु भएको छ ।

महासचिव शर्माले खुल्ला सडकमा काम गर्ने प्लाटफर्मका सामान र यात्रु बोक्ने राइडर वा ड्राइभरहरुको स्वास्थ्यमा मौसम,वातारण,प्रदुषण,दुर्घटना,सडकको अवस्था,एलगोरिदमले पारेको दवाबहरुबाट श्रमिकहरू संरक्षण हुनुका साथै क्षतिपूर्ती दिनुपर्नेमा जोड दिनु हुंदै संरक्षणको लागि प्लाटफर्मद्वारा तयारी,उपकरणहरु,उध्दार र उपचार,परामर्श र सामाजिक सुरक्षामा योगदान गर्नुपर्ने बताउनुभएको छ ।