नाबुनद्वारा दक्षता अभिवृद्धि तालिम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) कागेश्वरी मनहरा पालिकाको आयोजनामा चैत्र २६ गते स्किन केयर र मोल रिमुभ बिषयमा दक्षता अभिवृद्धि तालिम संचालन गरेको छ ।

तालिम कार्यक्रमको शुभारम्भ गर्नु हुंदै नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले नाबुन सदस्यहरूको दक्षता अभिबृद्धिकालागी संगठनले शिप बिकास तालिमहरू संचालन गर्दै आइरहेको बताउनु भएको छ ।

नाबुन कागेश्वरी मनहरा पालिका अध्यक्ष सुनिता खड्का लम्सालको अध्यक्षतामा भएको लालिम कार्यक्रममा नाबुन बागमती प्रदेश कमिटी अध्यक्ष करूणा पुरी, सचिव सरिता शिवाकोटी लगायतले तालिमको उद्धेश्य र महत्वको बारेमा प्रकाश पार्नु भएको थियो भने स्किन कायर र मोल रिमुभ बिषयमा
रिना ओझाले तालिम दिनु भएको थियो ।