नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) कागेश्वरी मनहरा पालिका कमिटिको चैत्र १८ गते गोठाटारमा सम्पन्न दोश्रो अधिवेशनले सुनिता खड्का लम्सालको अध्यक्षतामा १३ सदस्यिय पालिका कमिटी निर्वाचित गरेको छ ।

पालिका अध्यक्ष सरिता शिवकोटीको अध्यक्षतामा सम्पन्न अधिबेशनको उद्धघाटन गर्नु हुंदै नावुन केन्द्रिय अध्यक्ष सुजना जोशीले आफ्नो पेशागत सुरक्षा र हक हितका लागि संगठन बलियो बनाउनु पर्ने र संगठन बलियो बनाउन सदस्यता बिस्तार र सदस्यहरूको बैचारीक क्षमतालाइ बिकास गर्नु पर्ने बताउनु भयो ।
अध्यक्ष जोशीले योगदानमा आधारित सामाजिक सुरक्षा, पेशालाई सम्मानित र मर्यादित बनाउन सबै संग हातेमालो गर्दै अगाडी बढनुपर्नेमा जोड दिंदै अधिवेशनबाट निर्वाचित कमिटीलाइ पद तथा गोपनियताको शपथ ग्रहण समेत गराउनुभएको थियो।

अधिवेशनमा नाबुन केन्द्रीय उपाध्यक्ष मिना गुरुङ्ग डंगोल, केन्द्रीय सदस्य ईश्वरी क्षेत्री, बाग्मती प्रदेश आर्थिक सचिव सोलिना लामा, प्रदेश सदस्य कमला चापांगाई, जानकी श्रेष्ठ, जिफण्ट कागेश्वरी मनहरा पालिका अध्यक्ष नबिन कार्की लगायतका अतिथीहरूको उपस्थित रहेको थियो ।