जिफन्टद्वारा मे दिवस २०२६ क तयारी

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले मे दिवस २०२६ भब्य रूपमा मनाउन तयारी थालेको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा चैत्र ११ गते जिफन्ट सभाहलमा उपत्यकामा उपलब्ध जिफन्ट राष्ट्रिय कमिटीको बैठकमा मे दिवस २०२६ मनाउने बारेमा छलफल भएको हो ।

बैठकमा बदलिएको राजनैतीक परीवेशले ल्याएको निराशालाइ चिर्दै श्रमिक आन्दोलन बिना लोकतन्त्र जिवीत रहदैन र लोकतन्त्र बिना श्रमिक अधिकार नरहने भएको हुनाले मे दिवस २०२६ लाइ शसक्त र रचनात्मक ढंगबाट मनाउनु पर्ने बैठकमा सहभागीहरूले बिचार ब्यक्त गरेका थिए ।

त्यसैगरी जेन्जी आन्दोलनमा अराजक समुहले जिफन्ट कार्यालयमा गरेको तोडफोड र लुटपाट पछी हामी बनाउंछो हामो जिफन्ट अभियान अन्तरगत कार्यालयको पुनर निर्माण कार्य चैत्र महिना भित्र समाप्त गरी नया वर्ष २०८३ देखी ब्यवस्थीत र आधुनिक कार्यालय संचालनमा ल्याउने समेत अध्यक्ष श्रेष्ठले बैठकमा जानकारी गराउनु भएको थियो ।