जिफन्ट र बेल्जियमको ट्रेड युनियन बिच राष्ट्रिय योजना बैठक सुरू
लोकतान्त्रिक मूल्य मान्यता र सामाजिक न्यायका लागि गरिने आन्दोलनको पक्षमा एकतावध्द भई दृढतापूर्वक उत्रनका लागि तयार रहन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले १४ गते प्रेश बिज्ञप्ती जारी गरी श्रमजिवी वर्गलाइ आव्हान गरेको छ ।
बिज्ञप्तीमा गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित सरकारले कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा नेकपा (एमाले) का अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेर प्रतिशोधपुर्ण कदम मार्फत मुलुकलाई द्वन्द र मुठभेड तर्फ धकेल्ने काम गरेको उल्लेख गरेकोछ ।
भाद्र २३ गतेको जेनजी नवयुवाहरुको शान्तिपुर्ण आन्दोलको निहुँ पारेर योजनाबद्व रुपमा जननिर्वाचित सरकार र संसद बिघटन गर्दै गैरसंवैधानिक बाटोबाट बनेको सरकारले गठन गरेको असंवैधानिक, पुर्वाग्रही र प्रतिशोधपूर्ण आयोगको प्रतिवेदनलाई कार्यन्वयन गर्ने नाममा नव गठित सरकारले मुलुकको लोकतान्त्रिक शक्तिहरुमाथि आक्रमण शुरु गर्नु, नेकपा (एमाले) का अध्यक्ष लगायतलाई पक्राउ गर्नुलाई जिफन्टले नेपालको लोकतान्त्रिक तथा सामाजिक न्यायको आन्दोलन माथिको नाङ्गो प्रहार र दमन सुरु भएको ठहर गर्दै यसको घोर निन्दा र भत्सर्ना गर्दै पूर्वप्रधानमन्त्री लगायत गिरफ्तार गरिएका नेताहरुलाई तत्काल रिहाई गर्न र प्रतिशोधपुर्ण कार्य बन्द गर्न बिज्ञप्ती मार्फत माग गरेको छ
