जिफन्टद्वारा अर्न्तराष्ट्रिय श्रमीक महिला दिवस २०२६को शुभकामना
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्टिय महिला कमिटीद्वारा अन्तर्राट्रिय श्रमिक महिला दिवस (आठ मार्च) २०२६ को सन्दर्भमा फागुण २४ गते लोकतन्त्रको सफलताको लागि महिलालाई न्यायमा पहूँच नाराका साथ जिफन्ट सभाहलमा एक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अन्तर्राट्रिय श्रमिक महिला दिवसको शुभकामना दिनु हुंदै सम्पन्न निर्वाचनबाट आएको परीणामले हामीलाइ दुखीत बनाएको भएतामा पनि हामी लोकतन्त्रमा बिश्वास गर्नहरू हारले आत्तिने र जितले मात्तीने प्रबृती नरहेकोले आगामी दिनमा समिक्षा गर्दै अगाडी बढनु पर्ने बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले काठमाण्डै निवाचन क्षेत्र नं १०मा नेकपा एमालेको तर्फबाट उम्मेदवार भएर चुनाब लडिरहदा आफुले धेरै कुरा सिकेको भन्नु हुंदै जनताका लागि जनताकै माझमा आइसकेपछि मतसंख्याले नजिक रहने वा टाढिने भन्ने नै हुँदैन । तसर्थ, चुनावी दौरानमा आदरणीय मतदाताहरू समक्ष अघि सारेका एजेण्डाहरू सदा उठाइरहन कटिवद्ध रहेको बताउदै चुनावी अभियानका क्रममा गाउँ–गाउँ, टोल–टोल, बस्ती–बस्तीमा पुग्दा देखाउनु भएको माया, विश्वास र आत्मीयता र मलाई जिताउन दिनरात खटिनुहुने साथीहरू, कार्यकर्ताहरू, शुभेच्छुकहरू र सम्पूर्ण मतदाता आभार ब्यक्त गर्नु भएको थियो ।

जिफन्ट उपाध्यक्ष तथा राष्टिय महिला कमिटी अध्यक्ष सीता लामाले कार्यक्रमको अध्यक्षता गर्नु हुंदै नेपालमा श्रमिक महिलाहरुको हक अधिकार र शसक्तिकरणका लागी जिफन्टले गरेका कामहरुको चर्चा गर्नु हुंदै हामी सामु ठुलो चुनौती रहेकोले चुनौतिको डटेर सामना गर्नका लागी आ–आफ्नो कार्यथलोमा बलियो संगठन निर्माणकालागी उच्च मनोवलका साथ परिचालित हुन अब्हान गर्नु भएको थियो।
जिफन्ट सचिब तथा राष्टिय महिला कमिटी सचिब बिजया खड्काले संचालन गर्नु भएको कार्यक्रममा जिफन्ट सचिब बेलीमाया घलेले अन्तर्राट्रिय श्रमिक महिला दिवस (आठ मार्च) २०२६ को सन्दर्भमा शुभकामना मन्तब्य राख्नु भएको थियो ।
