नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा अर्न्तराष्ट्रिय श्रमीक महिला दिवस २०२६को सन्दर्भमा फागुण २४ गते एक बिज्ञप्ती प्रकाशीत गरी स्वदेश तथा विदेशमा रहनुभएका समस्त श्रमजिवी वर्गमा शुभकामना व्यक्त गरेको छ ।
बिज्ञप्तीमा नेपालमा श्रमिक महिलाहरुको हक अधिकार र शसक्तिकरणका लागी जिफन्टले विभिन्न कामहरु गर्दै आइरहेको भन्दै बनेका ऐन कानुनलाइ कार्यान्वयन गर्न गराउन हामी सामु ठुलो चुनौती रहेकोले चुनौतिको डटेर सामना गर्नका लागी आ–आफ्नो कार्यथलोमा श्रमिकहरुलाई संगठीत गरौं, बलियो संगठन निर्माण गरौं र अधिकारको सुनिश्चितता गर्ने महत्वपुर्ण कार्यमा सवै श्रमजिवीहरु उच्च मनोवलका साथ परिचालित हुन अब्हान समेत गरेको छ ।



