बागमती प्रदेश अन्तरगत बिभिन्न कमिटीहरूमा श्रमिक सम्बाद सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले कार्तिक १९ गते बदलिएको राजनैतिक परिवेशमा श्रमिकसँग सम्वाद कार्यक्रम बागमती प्रदेश अन्तरगत नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ललितपुर जिल्लामा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिब स्मृती लामाको उपस्थीतीमा र क्यूपेक-नेपालको भक्तपुर जिल्लामा सचिब महेन्द्र लाल श्रेष्ठ, प्रचार विभाग सदस्य किरण माली र जिफन्ट बागमती प्रदेश सदस्य दिवाकर पोखरेलको उपस्थितीमा  सम्पन्न गरेको छ ।

त्यसैगरी नेपाल अटो मेकानिक्स ट्रेड युनियन बागमती प्रदेश र ललितपुर जिल्ला कमिटीको जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) बसुन्धरा इकाई कमिटी नाबुन अध्यक्ष सुजना जोशी, नेस्वहोमयू केन्द्रीय कमिटीमा रन अध्यक्ष माधब पाण्डे र गण्डकी प्रदेश अन्तरगत बेगनास ताल बस इकाई कमिटीमा प्रदेश अध्यक्ष बिष्णु बहादुर खत्रीको उपस्थीतीमा  सम्पन्न भएको छ ।

दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम