नेपाल ट्रेड युनियन महासंघ जिफन्टले श्रम कानुनको कार्यान्वयनमा देखिएका अप्ठेरोलाई संशोधन गर्दै अगाडी बढ्नु पर्ने र श्रम क्षेत्रमा रहेका सबै खालका श्रमिकहरूको लागि एउटै श्रम कानुन हुनु पर्ने जिफन्टको मान्यता रहेको अध्यक्ष बिनोद श्रेष्ठले बताउनु भएको छ । नेपालका प्रमुख ट्रेड यूनियनहरूको पनि यही धारणा रहेको हुनाले जिफन्ट लगायत सबै यूनियन मिलेर श्रम कानुन संशोधनको प्रक्रियामा योजनाबद्ध रूपमा अगाडी बढ्ने कुरा बताउनु भयो ।
मंसिर २६ गते जिफन्ट नियमित ट्रेड युनियन स्कुलमा श्रम कानुनमा सुधारको लागि 'ग्याप एनालाइसिस' अध्ययन प्रतिवेदनमा भएको छलफलमा अध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो ।
आइटियुसी एसिया प्रशान्त क्षेत्रका मानव तथा ट्रेड युनियन अधिकार प्रमुख मोनिना वाङ्गले आईएलओ अभिसन्धी ९८ र सो सँग सम्बन्धित अभिसन्धीहरूको बारेमा बताउनु हुँदै नेपालको श्रम कानुनलाई श्रममैत्री र प्रभावकारी बनाउन आइटियुसी नेपालको ट्रेड युनियनहरूसँग सहकार्य गर्ने बताउनु भयो ।
श्रम ऐन २०७४ तथा ट्रेड युनियन ऐन २०४९ र कार्यान्वयनको चुनौती सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन अधिवक्ता भक्ती धिमिरेले गर्नु प्रस्तुत गर्नु भएको प्रतिवेदन माथि सहभागीहरूले जिज्ञासा तथा सुझाव राख्नु भएको थियो ।
आबद्ध युनियनका नेतृत्व, अन्टुफ उपाध्यक्ष धनबहादुर गुरूङ र सार्टुकका प्रतिनिधि सहभागी रहनु भएको सो कार्यक्रमको सहजीकरण महासचिब लक्ष्मण शर्माले गर्नु भएको थियो ।
कार्यक्रमको थप फोटोकालागी लिंकमा क्लीक गर्नुहोस
https://www.facebook.com/media/set/?set=a.122131472612435116&type=3