नेपाल ट्रेड युनियन महासंघ जिफन्टले ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले तयार पारेको धारणा पत्रमा छलफल गर्न कार्तिक २७ गते काठमाण्डौमा कार्यशाला आयोजना गरेको छ ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य श्रमिकहरूको नैसर्गिक अधिकार भएको भन्दै यो बिषय कुनै लेनदेनको बिषय नभएको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य सुरक्षा श्रमिकहरूको महत्वपुर्ण बिषय भएकै कारण जिफन्टले यसको छुट्टै विभाग गठन गरी कामलाइ अगाडी बढाइ रहेको बताउनु हुँदै जिफन्टले ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी छुट्टै नीति नै बनाउन लागिरहेको बताउनु भयो ।
कार्यशालामा उपाध्यक्ष बिदुर कार्कीले प्रस्तुत धारणा पत्रमा ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य बिज्ञ युवराज भट्टले एन कानुन वा अवधारणा पत्र मा जति राम्रो उल्लेख गरे पनि ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य श्रमिक पक्षीय बनाउन प्रवर्द्धनात्मक, नियमानात्मक तथा व्यवस्थापकीय भूमिका महत्वपुर्ण हुने बताउनु भयो ।
उहाँले ब्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सम्बन्धमा जिफन्टले श्रमिकहरूलाई सचेत बनाउने कामहरू गर्दै आइरहेको भन्दै यस्लाइ प्रभावकारी बनाउन निरन्तरता दिनु पर्ने बताउनु भयो ।
कार्यशालामा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, कमल गौतम, जनक चौधरी र सीता लामा, महासचिब लक्ष्मण शर्मा, महासचिव नरनाथ लुइँटेल, सचिव बेलीमैया धले, कृष्ण केसी, तारानिधी पन्तले धारणा पत्रको सन्दर्भमा आ–आफ्नो भनाइ राख्नु भएको थियो ।
त्यसैगरी जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रूद्र खत्री, नेपाल चिया मजदुर युनियन अध्यक्ष सन्त कुमार राई, कानुन बिज्ञ भक्ती घिमिरे धारणा पत्रको सन्दर्भमा सुझाब राख्नु भएको थियो ।