श्रमिक वर्गमा आर्थिक न्याय बिना सामाजिक न्यायको अर्थ नहुनेः– जिफण्ट अध्यक्ष श्रेष्ठ
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सिर्जना गर्न आग्रह गर्नु भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकामा रहनुभएका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित 'वर्ल्ड लिडर्स फोरम"मा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि सारिएको स्पष्ट पार्नुभयो ।
‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएको जनाउँदै युवाहरूविना मुलुकले रूपान्तरण गर्न सक्दैन भन्ने कुरामा आफू स्पष्ट रहेकाले युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गर्नुभयो ।
‘नेपालीलाई समृद्ध र सुखी बनाउनेबाहेक हामीसँग अरू कुनै अभीष्ट छैन । समृद्धिको यात्रामा हामी पूर्ण कटिबद्ध रहेका छौँ,’ प्रधानमन्त्री ओलीले भन्नु भयो ।
यसैगरी, प्रधानमन्त्री ओलीले युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचर : पार्टनरसिप लन्च एन्ड प्लेजिङ इभेन्ट’लाई पनि सम्बोधन गर्नु भएको थियो ।