श्रमिक वर्गमा आर्थिक न्याय बिना सामाजिक न्यायको अर्थ नहुनेः– जिफण्ट अध्यक्ष श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) अध्यक्ष विनोद श्रेष्ठले “श्रमिक वर्गमा आर्थिक न्याय बिना सामाजिक न्यायको अर्थ नहुने" कुरा बताउनु भएकोछ । 

काठमाडौंमा भइरहेको राष्ट्रिय आर्थिक न्याय सम्बन्धी बैठकमा असोज ७ गते अध्यक्ष श्रेष्ठले उक्त कुरा बताउनु भएको हो।

नेपालमा कर र ऋण सम्बन्धमा पिएसआई र एफइएसको संयुक्त आयोजनामा असोज ७ र ८ गते भएको दुईदिने बैठकमा नेपालका प्रमुख ट्रेड युनियनहरू जिफन्ट, एनटियुसी र अन्टुफका नेतृत्वको सहभागिता रहेको थियो । 

उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले करलाई श्रमिकको अधिकारसंग जोडेर बहस गर्न बाँकि रहेको भन्नु हुँदै सैध्दान्तिक रुपमा सबै ट्रेड युनियनहरु प्रगतिशिल कर प्रणाली, सुशासनको पक्षमा रहेको तर ठूला करदातालाई कर छूट दिने गलत निर्णयको विरुध्दमा नेपाली ट्रेड यूनियन रहेको बताउनु भयो ।

र्कायक्रमको दोस्रो दिन जिफन्ट महासचिव लक्ष्मण शर्माले नेपालको बजेट निर्माण र कार्यान्वयनमा नेपाली ट्रेड युनियनहरुको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।