बैदेशिक रोजगारका शिलशिलामा मलेशियामा कार्यरत याम बहादुर चन्दको उपचारको क्रममा जेठ २ मृत्यु भए पछी नेपाल ट्रेड यूनियन महासंघ जिफन्टको पहलमा जेठ २६ गते उहाको शव नेपाल ल्याइ परिवारलाइ बुझाएको छ ।
सुर्खेत जिल्लाको बिरेन्द्रनगर बसोवास गर्ने चन्द चार वर्ष अगाडी बैदेशीक रोजगारी शिलशिलामा मलेशिया पुग्नु हो । उहा केही दिन अगाडी बिरामी भइ हस्पीटलले भर्ना हुनु भएको थियो ।
उनको शवलाई नेपाल ल्याउन जिफन्ट प्रवाशी डेक्सले मलेशियाका लागि नेपाली दुताबाससंगको समन्वयमा नेपालमा शव ल्याएको र जिफन्टकै पहलमा शवलाइ मृतकको घर सम्म नि शुल्क पुर्याएको जिफन्ट प्रवाशी डेकक्सका संयोजक जनक बि.कले जानकारी दिनुहुदै मृतकको परीवारलाइ नेपाल ट्रेड युनियन महासंघको तर्फबाट श्रमिक परिवारमा राहत पुर्याउन हर सम्भव प्रयासरत रहिरहने समेत बताउनु भएको छ । स्वर्गिय याम बहादुर चन्दका १ श्रीमती, १ छोरी, १ छोरा रहेको छ ।
नेपाली प्रवासि श्रमिक संघ जिफन्ट सहयोग समुह कतारको आयोजनामा जेठ १९ गते कतारको सनैया स्थीत प्लाजा मल अरवियन रेस्टुरेण्टको सभाहलमा नेपाली प्रवाशी श्रमिकहरूको भेला सम्पन्न भयो ।
जिफन्ट सहयोग समुहका संस्थापक अध्यक्ष तथा आइटियूसी नेपाल प्रतिनिधि बिश्वराज नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सनैया इलाकामा छुट्टाछुट्टै २ वटा कमिटी गठन गरेको छ ।
सनैया ए र सनैया बि नाम दिइएको ए कमिटीमा धुर्ब राजबंशीको अध्यक्षतामा ७ जना र बि कमिटीमा पोम बहादुर थापाको नेतृत्वमा १५ जनाको इलाका कमिटी गठन गरेको छ ।
नेपाली प्रवासी श्रमिक संघ जिफन्ट सहयोग समुह कतारका कार्यबाहक अध्यक्ष समुन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भेलामा प्रवासी नेपाली मंच मध्यपुर्व सदस्य चानिलाल राजबंशी लगाएत जिफन्ट सहयोग समुह कतारका नेताहरू सहभागी रहेको कतारबाट जिफन्ट सहयोग समुह कतारका कार्यबाहक अध्यक्ष खड्काले जानकारी दिनु भएको हो ।
नेपाली प्रवासि श्रमिक संघ जिफन्ट सहयोग समुह कुवेत (जिएसजी कुवेत) र कुवेत ट्रेड युनियन फेडेरेसनको सयुक्त आयोजनामा जेठ १९ गते प्रवासी श्रमिकहरू काममा रहेको अवस्थामा दुर्घटना भएमा कुवेतको कानुन अनुसार पाइने बिमाको बारेमा जानकारी दिन नेपाली श्रमिकलाइ जानकारी दिने उद्धेश्यले एक कार्यक्रमको आयोजना गरेको छ ।
प्रवासी श्रमिकहरूको स्वास्थ्य तथा सुरक्षाका बारेमा आइएओकी कुवेत प्रतिनिधि जुनैद अबुदिपले र कुवेत श्रम कानुनमा दुर्घटना बिमाको ब्यवस्थाका बारेमा कुवेतका कानुनविदले सहभागीहरूलाइ जानकारी गराउनु भएको थियो ।
नेपाली प्रवासि श्रमिक संघ जिफन्ट सहयोग समुह कुवेतका संयोजक गणेश रावतको अध्यक्षता सम्पन्न कायक्रमको संचालन कुवेत ट्रेड युनियन फेडेरेसन महासचिव अल अर्दाले गर्नु भएको कुवेतबाट जिफन्ट सहयोग समुह कुवेतका संयोजक गणेश रावतले जानकारी दिनु भएको हो ।
काठमाडौं, जिफन्ट सहयोग समूह (जिफन्ट सपोर्ट ग्रुप), मलेशियाको ५औ अधिवेशन सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन माघ ८ गते सम्पन्न भएको हो ।
सो अवसरमा जिफन्ट अध्यक्ष श्रेष्ठले जिफन्टको सीमापारीको कामका विषयमा जानकारी दिदै श्रमिकहरुको हकÞ र हितका विषयमा जिफन्ट सदैव सचेतनाका साथ लागि रहेको बताउनुभयो । उहाँले जिफन्टको लामो संघर्ष पाश्चात हालै नेपालले प्रवासी श्रमिकका लागि पनि सामाजिक सुरक्षा कार्यक्रममा सहभागि हुन पाउने व्यवस्था भएको भन्दै सो कार्यक्रममा आगामी वैशाख देखि सहभागि हुन सकिने जानकारी गराउनुभयो । उहाँले प्रवासबाट मताधिकारको विषयमा जिफन्टले प्रयास गरिरहेको भन्दै यसमा सवैको हातमालोको खाँचो रहेको औंल्याउनुभयो । 
मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा कार्यरत श्रमिकहरुको पहिलो समन्वयकर्ताको रुपमा जिफन्ट सहयोग समुहले काम गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले दूतावासले सदैव जिफन्ट सहयोग समुहसँग नजिक रहेर काम गर्न चाहेको र नेपाली प्रवासी श्रमिकहरुका समस्याहरु समाधानका लागि सबैसँग हातेमालो गर्ने जानकारी दिनु भयो ।
कार्यक्रममा एमटुयुसीका अध्यक्ष जेएच मोहम्मदले जिफन्टको सराहना गर्दै आगामी दिनमा दुई यूनियनहरुबीचमा यस अगाडी नै गरिएको एमओयूलाई परिमार्जन गर्दै थप सहकार्य गर्न तत्पर रहेको जानकारी गराउनु भयो ।
जिफन्ट विदेश विभाग सचिव स्मृति लामाले छोटों समयमा पनि व्यवस्थित तयारीका साथ सम्मेलन सफल पार्न लाग्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै जिफन्ट सहयोग समुहका काम कर्तव्यका वारेमा प्रस्ट पार्नु भयो ।
अधिवेशनमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल, जिफन्ट विदेश विभाग सचिव स्मृति लामा लगायतले मन्तव्य राख्नु भएको थियो । अधिवेशन उद्घाटन समारोहमा मलेशियन ट्रेड युनियन कंग्रेसका अध्यक्ष एचजी मोहमद, खाध्य तथा पेयपदार्थ युनियन मलेशियाका अध्यक्ष माटकर बिन सिवाङ्ग, मलेसियन ट्रेड युनियन महासंघका उपमहासचिव मोहमद खाइरि बिन मान सहभागि हुनुहुन्थ्यो ।
यसैगरी आप्रवासी श्रमिकको अधिकारका पक्षमा पैरवी गर्दै आएको गैरसरकारी संस्था एनएसआई मलेसियाकी निर्देशक एन, गैरसरकारी संस्था तानागानिता, मलेसियाका जोसेफ, पिएसएम पार्टीकी पूर्व महासचिव शिवरंजनी लगायत उपस्थित हुनुहुन्थ्यो । यसैगरी हेल्प मधेसी मलेसियाका पूर्व सल्लाहकार जयप्रकाश साह, नेपाली युवा एकता समुहका संयोजक सरोज साह पनि सहभागि हुनुहुन्थ्यो । कार्यक्रममा जिफन्ट मलेसियाका विभिन्न क्षेत्रीय कमिटीका प्रतिनिधिहरु, स्वयंसेवकहरु, सदस्यहरुको ठूलो सहभागिता थियो । 
कार्यक्रममा दोश्रो सत्र अधिवेशनको वन्द सत्र रहेको थियो । अधिवेशनको निर्वाचन तथा अध्यक्ष मण्डलमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ, जिफन्ट सचिव स्मृति लामा, वेदकुमार खतिवडा, प्रेम कुमार मगर, विवेक लिम्बु, हुकुम थापा र वेदप्रसाद आचार्य रहनु भएको थियो । अधिवेशनले निर्विरोध रुपमा जिफन्ट सहयोग समूह, मलेसियाको नयाँ कमिटी चयन गरेको छ । विवेक लिम्बुको अध्यक्षतामा नवनिर्वाचित केन्द्रिय कमिटीमा चारजना उपाध्यक्ष, तीनजना महिला सदस्य सहित ३१ ज्ना रहनु भएको छ । 
नवनिर्वाचित कमिटीलाई जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले निर्देशन सहित बधाई तथ शुभकामना दिनु भयो । यसैगरी नवनिर्वाचित कमिटीलाई संगठनको काम, कर्तब्य र जिम्मेवारीका वारेमा जिफन्ट विदेश विभाग सचिव स्मृति लामाले स्पष्ट पार्नुभएको थियो ।
वेदकुमार खतिवडाको स्वागत तथा प्रेम कुमार मगरको सभापतित्वमा सञ्चालित कार्यक्रममा मलेसियाका विभिन्न कम्पनीहरुमा कार्यरत १ सय ७० नेपाली श्रमिक प्रतिनिधि सहभागि हुनुहुन्थ्यो । 
काठमाडौ, प्रवासी श्रमिकको सुनिश्चित भविष्यका लागि सामाजिक सुरक्षाको नारा सहित नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवस मनाएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि जिफन्टले सो दिवस मनाएको हो ।
दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षामा वैदेशिक रोजगारमा जाने श्रमिकलाई आवद्द गराउन आफ्नो महासंघले निरन्तर आवाज उठाउँदै आएको भन्दै अवको केहि समयभित्र त्यो लागु हुने अपेक्षा प्रकट गर्नुभयो । “वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सामाजिक सुरक्षा प्रणालीमा जोडिन सक्ने अवस्थालाई सहज बनाउनु पर्दछ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “जारी भएको कार्यविधिमा भएको कमजोरी हटाउँदै क्रमशः कार्यान्वयन गर्नु पर्दछ ।”
उहाँले सरकारलाई केवल सत्ताको मात्र चिन्ता भएको, श्रम र श्रमिकको बारेमा कुनै चिन्ता र चासो नभएको भन्दै अर्कातर्फ रोजगारदाता पनि श्रमिकलाई सिद्रा बनाउने ध्याउन्नमा रहेका कारण बर्षेनी ठूलो संख्यामा विदेशिन बाध्य भएको बताउनुभयो । उहाँले गठवन्धन सरकार बनेपछिको पहिलो वर्षमा नै वैदेशिक रोजगारीमा जाने श्रमिक संख्यामा ३ सय ७७ प्रतिशतले वृद्दि भएपनि विप्रेषण आप्रवाह सो अनुपातमा नबढ्नुले सरकार नै अनौपचारिक अर्थतन्त्रका पक्षमा रहेको देखिएको धारणा राख्नुभयो ।
जिफन्ट अध्यक्ष श्रेष्ठले प्रश्न गर्नुभयो, परमादेशी सरकार बनेपछि पैसा कहाँ हरायो ? नेपाली श्रमिकले विदेशमा कमाएको रकम अस्वभाविक रुपमा कम नेपाल आएको भन्दै उहाँले सरकारले यसको जवाफ दिनुपर्ने उहाँको भनाई थियो । गत आर्थिक वर्षमा वैदेशिक रोजगारमा जानेहरुको संख्यामा ३ सय ७७ प्रतिशत वृद्दि भएपनि नेपाल भित्रिने विप्रेषणमा केवल ४ दशमलव ८ प्रतिश मात्र वृद्दि भएको छ । तसर्थ जिफन्टले यसमा आशंका गर्ने ठाउँ रहेको जनाएको हो ।
कोभिड १९ को महामारी पछिको पहिलो वर्षमा ३ सय ७७ प्रतिशतले वैदेशिक रोजगारमा जाने श्रमिकको संख्यामा वृद्दि हुनुले नेपालमा युवा श्रमशक्ति पलायनको अवस्था डरलाग्दो चित्र प्रस्तुत गरेको जिफन्टले जनाएको छ । यो मुलुकका लागि अनिष्टको सूचक भएको समेत जिफन्टको भनाई छ ।
कार्यक्रममा बोल्दै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरि थापाले सामाजिक सुरक्षालाई गन्तव्य मुलुकमा रहेका रोजगारदाताहरुसँग पनि जोड्न जरुरी रहेको धारणा राख्नुभयो । उहाँले नेपालबाट जाने श्रमिकले काम गरेवापत गन्तव्य मुलुकका रोजगारदाताले सामाजिक सुरक्षा कोषमा योगदान गर्ने वातावरण निर्माणमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारलाई मर्यादित बनाउन जिफन्टले गर्दै आएको कामको प्रशंसा पनि गर्नुभयो ।
कार्यक्रममा बोल्दै माइग्रेण्ट ट्रेड यूनियन (एमटीयू), कोरियाका अध्यक्ष उदय राईले दक्षिण कोरियामा श्रम गर्न जाने प्रवासी श्रमिकहरु पनि शोषणमा पर्ने गरेको जानकारी दिनुभयो । उहाँले श्रमिकले रुचि अनुसार रोजगारदाता फेर्न नसक्ने, अत्यधिक घण्टा काम गर्न बाध्य हुने लगायतका समस्याहरु रहेको भन्दै कोरियाली भाषा परिक्षा उत्तिर्ण गरेपछि न्यून लागतमा जान पाउनु नै कोरियाको रोजगारीको आकर्षण भएको बताउनुभयो ।
जिफन्ट उपमहासचिब नरनाथ लुंइटेल संचालन गर्नु भएको उक्त कार्यक्रममा जिफन्टले निर्माण गरेको कतारमा प्रवासी श्रमिकहरुको चोटका कथाहरु नामक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
The General Federation of a Nepalese trade union (GEFONT) has published the fact sheet on the occasion of International Migrant Workers Day 2021. The fact sheet covers important policy reforms related to migrant workers and immigration in 2021.
Speaking at the program organized on the eve of International Migrant Workers day, GEFONT President Cde. Binod Shrestha said that many Nepalese are forced to go abroad due to a lack of decent work in Nepal and stressed the need for Decent work in the destination countries as well.
He stated that the incumbent government has attempted to overturn the decision of free visas and free tickets under the pretext of its ineffective implementation, given that he stressed the effective implementation of the policy. He even suggested a reduction in the number of foreign employment agencies as it existed way more than required in Nepal.
Cde. Binod Shrestha said: "Aspirants who wish to go for foreign employment are having problems because of the non-labor friendly government and profit-driven manpower firms and many things cannot be owing to Nepal's predictable leadership".
He informed that GEFONT's central office obtained 18 applications concerning employment with Saudi Arabia, Qatar, UAE, Kuwait, and other countries in 2021, and 101 people received assistance Of those, 20 have been rescued, 25 have had their passports retrieved, and 20 people have the issue with manpower firms charging exorbitant rates. The Fact Sheet has encompassed issues such as the UAE's new Labor Law, and reforms in Qatar's Labor Law, including an analysis of workers' reviews in Recruitment Advisor.
The member of the GEFONT support group from Kuwait, Malaysia, and Qatar also participated in the hybrid model program. International Migrant day is concluded with the slogan “make it a matter of interest, not duress”.