नेपालमा चिया बगानको स्थापना जहानिया राणा शासनकालमै भए पनि मूल रूपमा २०१६ साल देखि मात्र झापा जिल्लामा चिया बगानहरू विस्तार भएको पाइन्छ । तर चिया बगानमा कार्यरत श्रमिकहरू भने तत्कालीन पञ्चायती व्यवस्थाको निरङ्कुशताका कारण संठित हुन सकेका थिएनन् । २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापनापछि झापा जिल्लामा रहेका चिया श्रमिकहरूको २०४७ जेठ १६ गते न्यूगिरी एण्ड सन्स टि स्टेटमा भएको भेलाले नेपाल स्वतन्त्र चिया मजदुर युनियनको जिल्ला तदर्थ कमिटी गठन गरयो । यसपछि झापा तथा इलामका चिया बगानहरूमा युनियन विस्तारको क्रममा इलाममा पनि जिल्ला कमिटी गठन भयो । त्यसपछि टोकला चिया कमानमा भएको केन्द्रीय भेलाले रूपचन उरावको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय तदर्थ समितिको गठन गर्‍यो । नेपालको पूर्वी पहाडी क्षेत्रमा चिया बगान दिनदिनै फैलँदो अवस्थामा छ । झण्डै १२ हजारभन्दा बढी श्रमिकहरू कार्यरत झापा र इलाम जिल्लामा केन्द्रित रहेको चिया बगान अहिले क्रमशः पा“चथर, धनकुटा र संखुवासभामा पनि फैलदै छ । 

संबद्ध गतिविधिहरू

हडिया चिया बगान इकाई कमिटीको अध्यक्षमा सनातन राजवंशी

जिफन्ट आबद्ध नेपाल चिया कफि श्रमिक युनियनले चैत्र १० गते, झापा जिल्लाको हडिया चिया बगान इकाई कमिटीको विस्तारीत भेला युनियनका अध्यक्ष सन्तकुमार राईको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको छ । 

जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारी सहभागी सो भेलाले सनातन राजवंशीको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ ।

चिया तथा कफी क्षेत्रमा श्रम कानुन कार्यान्वयनकालागि कोशी प्रदेश मुख्यमन्त्री समक्ष ज्ञापन पत्र बुझायो

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आवद्ध चिया कफी श्रमिक युनियन नेपालले कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीलाई समक्ष चैत्र १७ गते श्रम ऐन, समान ज्याला, योगदानमा आधारित सामाजिक सुरक्षा र श्रमिक पंजिकरण लगायतका मागहरू कार्यान्वयनकालागि ज्ञापन पत्र बुझाएको छ । 

जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राई चिया कफी श्रमिक युनियन नेपालका केन्द्रीय प्रतिनिधि लगायतका टोलीले मुख्यमन्त्री कार्कीलाई बुझाएको ज्ञापन पत्रमा  श्रमिकहरुको दैनिक ज्याला ६ सय ६८ रहेको भए पनि चिया तथा कफी बगानमा काम गर्ने श्रमिकहरुलाई ५ सय मात्रै तोकिँदा श्रमिकहरुमाथि विभेद भएको र श्रम कानुन कार्यान्वयनका लागि हरेक प्रतिष्ठानमा श्रम सम्बन्ध समिति गठन गर्न माग गरेको छ । 

त्यसैगरी सरकारले सबै श्रमिकहरूका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा लगेको भए पनि बगान क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई उक्त कोषमा सहभागी नगराएको र श्रमिकहरुको पञ्जीकरण र कानुन कार्यान्वयन गर्न प्रदेश सरकारले आवश्यक पहल गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ । 

ज्ञापन पत्र ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले चिया तथा कफी क्षेत्रलाई प्रवर्धन र विकासका लागि कोशी प्रदेश सरकारले विशेष योजना बनाएको बताउनु हुँदै सय वर्ष इतिहास बोकेको चिया बगान क्षेत्रका श्रमिकहरुमाथिको यो विभेदका कारणहरु खोजी गरी क्रमिक सुधार गर्दै श्रमिकहरुको जीवनसंग मेल खाने गरी सुधार गर्दै जाने बताउनुभयो ।


 

चिया श्रमिक युनियन नेपालका संस्थापक अध्यक्ष रुपचन उराउको २९ औ स्मृति सभा सम्पन्न

चिया कफि श्रमिक युनियन नेपालका संस्थापक अध्यक्ष रुपचन उराउको २९ औ स्मृति सभा चैत्र १७ गते झापामा सम्पन्न भएको छ । 

स्वर्गीय उराउको शालिकमा माल्यार्पण गरी सुरू गरेको सो स्मृती सभामा नेकपा एमाले केन्द्रीय सदस्य रबिन कोइराला, मिना उप्रेती, बागमती प्रदेश पुर्व प्रमुख विष्णु प्रसाईँ, मेचिनगर प्रमुख गोपालचन्द्र बुढाथोकी एमाले मेचिनगर अध्यक्ष राजु कार्की लगायतले रुपचन उराउले नेपालको ट्रेड युनियन आन्दोलनमा पुर्‍याउनु भएको योगदानको चर्चा गर्नु हुँदै भएको थियो ।

चिया कफि श्रमिक युनियन नेपालको कालिका, हडिया र वैभव चिया बगानमा भेला सम्पन्न

चिया कफि श्रमिक युनियन नेपालले चैत्र २३ गते कालिका, हडिया र वैभव इकाईको संयुक्त भेला सम्पन्न भेला सम्पन्न गरेको छ ।

युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राई र महासचिव बिक्रम गिरि लगायतका नेताहरूको सहभागितामा सम्पन्न सो भेलालेले विद्यमान श्रमिकहरुका समस्या समाधानकालागि प्रतिष्ठान स्तरमा माग पत्र पेश गर्ने निर्णय  गरेको छ । 
 

चिया श्रमिकहरू आन्दोलनमा

चिया श्रमिकहरूले झापा जिल्लाको चारवटा चिया बगान,  गौरीशंकर , रिद्धिगणेश , सूर्य र नाज टी इस्टेटमा आन्दोलन गरेका छन् । 

श्रम ऐन अनुसार रोजगार सम्झौता गरेर मात्र काममा लगाउनु पर्ने, श्रम ऐन अनुसार उपदान, संचयकोष , चाडपर्व खर्च दिनु पर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबैलाई सूचीकृत गरिनु पर्ने लगायतका श्रमिक युनियनले राखेको मागको सुनवाइ नभए पछी आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल चिया कफि श्रमिक युनियनका अध्यक्ष सन्त कुमार राइले बताउनु भएको छ । 

भद्रपुर–२ को गौरीशङ्कर, सूर्य र ऋषिगणेशमा साउन १८ गते देखी र मेचीनगर–३ को नाज स्टेटमा साउन २० गते देखी दुई सयभन्दा बढी श्रमिक काम छाडेर आन्दोलनमा छन् । 

लोकनाथ एण्ड सन्स चिया वगान इकाइ कमिटी अध्यक्षमा सुकलाल राजवंशी

नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट)आवद्ध जिफन्ट चिया कफि श्रमिक युनियन नेपालद्वारा पुस १२ गते झापा जिल्लाको गौरीगंजमा रहेको लोकनाथ एण्ड सन्स चिया वगानमा कार्यरत श्रमिकहरूको भेला सम्पन्न गरेको छ । 

भेलाले सुकलाल राजवंशीको अध्यक्षतामा ७ सदस्य लोकनाथ एण्ड सन्स चिया वगानमा इकाइ कमिटी निर्वाचित गरेको छ । 

चिया कफि श्रमिक युनियन नेपालका केन्द्रिय अध्यक्ष सन्तकुमार राईले श्रम कानुन, चिया बगानका समस्या तथा समाधानका उपाए बारेम प्रकाश पार्नु भएको भेलामा जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारी लगायतका नेताहरूको उपस्थीती  रहेको थियो ।