चिया श्रमिकहरू आन्दोलनमा

चिया श्रमिकहरूले झापा जिल्लाको चारवटा चिया बगान,  गौरीशंकर , रिद्धिगणेश , सूर्य र नाज टी इस्टेटमा आन्दोलन गरेका छन् । 

श्रम ऐन अनुसार रोजगार सम्झौता गरेर मात्र काममा लगाउनु पर्ने, श्रम ऐन अनुसार उपदान, संचयकोष , चाडपर्व खर्च दिनु पर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबैलाई सूचीकृत गरिनु पर्ने लगायतका श्रमिक युनियनले राखेको मागको सुनवाइ नभए पछी आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल चिया कफि श्रमिक युनियनका अध्यक्ष सन्त कुमार राइले बताउनु भएको छ । 

भद्रपुर–२ को गौरीशङ्कर, सूर्य र ऋषिगणेशमा साउन १८ गते देखी र मेचीनगर–३ को नाज स्टेटमा साउन २० गते देखी दुई सयभन्दा बढी श्रमिक काम छाडेर आन्दोलनमा छन् ।