नेपालमा चिया बगानको स्थापना जहानिया राणा शासनकालमै भए पनि मूल रूपमा २०१६ साल देखि मात्र झापा जिल्लामा चिया बगानहरू विस्तार भएको पाइन्छ । तर चिया बगानमा कार्यरत श्रमिकहरू भने तत्कालीन पञ्चायती व्यवस्थाको निरङ्कुशताका कारण संठित हुन सकेका थिएनन् । २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापनापछि झापा जिल्लामा रहेका चिया श्रमिकहरूको २०४७ जेठ १६ गते न्यूगिरी एण्ड सन्स टि स्टेटमा भएको भेलाले नेपाल स्वतन्त्र चिया मजदुर युनियनको जिल्ला तदर्थ कमिटी गठन गरयो । यसपछि झापा तथा इलामका चिया बगानहरूमा युनियन विस्तारको क्रममा इलाममा पनि जिल्ला कमिटी गठन भयो । त्यसपछि टोकला चिया कमानमा भएको केन्द्रीय भेलाले रूपचन उरावको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय तदर्थ समितिको गठन गर्यो । नेपालको पूर्वी पहाडी क्षेत्रमा चिया बगान दिनदिनै फैलँदो अवस्थामा छ । झण्डै १२ हजारभन्दा बढी श्रमिकहरू कार्यरत झापा र इलाम जिल्लामा केन्द्रित रहेको चिया बगान अहिले क्रमशः पा“चथर, धनकुटा र संखुवासभामा पनि फैलदै छ ।
चिया तथा कफि श्रमिकका लागि युनियन नेतृत्व विकास तालिम असार १७ गते बाट काठमाण्डोमा शुरु भएको छ । जिफन्टका उपाध्यक्ष एवम शिक्षा विभाग प्रमुख विदुर कार्किको अध्यक्षतामा सम्पन्न तालिमका प्रमुख अतिथि जिफन्ट कार्यवाहक अध्यक्ष जितेन्द्र श्रेष्ठले यो कार्यक्रमले युनियन अझ शसक्त हुने विश्वास ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्मा लगायतका नेताहरूको सहभागि रहेको थियो ।
तालिममा सम्बन्धित युनियनका केन्द्रिय तथा स्थानिय नेताहरू र सातै प्रदेशका जिफन्ट नेताहरू सहभागी तालिम कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, सीता लामा, अन्तरराष्ट्रिय श्रम संगठनका अधिकृत बन्दना अर्याल, अधिवक्ता भक्ति धिमिरे, पेशागत स्वास्थ्य सुरक्षा विज्ञ युवराज भट्टले तालिमको सहजिकरण गर्नु भएको हो ।
नेपाल चिया–कफि श्रमिक युनियन इलाम चिया कमानमा भदौ १२ गते सम्पन्न चिया श्रमिक भेलाले धनमाया बि.कको अध्यक्षतामा ७ सदस्य कमिटी गठन गरेको छ ।
भेलाका प्रमुख अतिथि जिफन्ट उपाध्यक्ष बिदुर कार्कीले नेपाल चिया बिकास निगम लि. अन्तरगतको इलाम चिया कमानले राज्यबाट निर्धारण गरेको पारिश्रमिक नदिएको बताउनु भयो ।
भेलाका अतिथि नेपाल चिया–कफि श्रमिक युनियन केन्द्रीय अध्यक्ष सन्त कुमार राईले रोजगार सम्झौता नगरी काममा लगाई रोजगारदाताले श्रमिकलाई ठग्ने गरेको र कार्यान्वयनकालागी सबै श्रमिकहरु युनियनमा आवद्ध हुन आह्वान गर्नु भएको सो भेलामा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, सह सचिव हरि अधिकारी अतिथि रहनु भएको थियो ।
नेपाल चिया कफी श्रमिक युनियनको संगठन सुदृढीकरण तथा सदस्य विस्तार अभियान अन्तरगत भाद्र ३० गते झापा जिल्लाको मेचीनगर -१५ मा अवस्थित खेमका चिया बगानमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो
युनियनका केन्द्रिय अध्यक्ष सन्त कुमार राईले संगठन सुदृढीकरण तथा सदस्य विस्तार, श्रम कानुन र योगदानमा आधारित सामाजिक सुरक्षाको बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा विषयमा जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारीले प्रस्ट पार्नु भएको थियो ।
जिफन्ट आबद्ध युनियन नेपाल चिया-कफि श्रमिक युनियनले माघ २२ गते झापाको मेचीनगर १५ मा रहेको वैभव चिया बगानको भेलाबाट हरसिङ्ग राजवंशीको अध्यक्षतामा ९ सदस्यिय कमिटी पुनर्गठन गरेको छ ।
केन्द्रीय अध्यक्ष सन्त कुमार राइको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध-नेपाल चिया-कफी श्रमिक युनियनको राष्ट्रिय अधिवेशन आगामी फागुण २७ गते झापाको बिर्तामोडमा आयोजना गर्ने भएको छ ।
जिफन्ट उपाध्यक्ष जनक चौधरीको उपस्थीतीमा माघ १९ गते झापामा बसेको तेस्रो वैठकले अध्यक्ष सन्तकुमार राईको संयोजकत्वमा ४ सदस्यिय प्रतिवेदन लेखन र ३ सदस्यिय बिधान शंसोधन उपसमिती गठन गरेको छ ।
त्यसैगरी आर्थिक सचिव विक्रम गिरीको संयोजकत्वमा ३ सदस्यिय आर्थिक उपसमिती गठन गरेको सो बैठकमा जिफन्ट कोशी प्रदेश कमिटी अध्यक्ष किशोर धमला र उपसचिव हरी अधिकारी पनि सहभागी रहनु भएको थियो ।
नेपाल बिजुली, पेण्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल)द्वारा झापा जिल्लाको हल्दीवारी गाउँपालिका कमिटीको तेस्रो अधिवेशन चैत्र ११ गते सम्पन्न गरेको छ ।
अधिवेशनले कृष्ण बहादुर राजवंशीको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित गरेको छ।