नेपाल चिया-कफी श्रमिक युनियनको राष्ट्रिय अधिवेशन फागुण २७ मा

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध-नेपाल चिया-कफी श्रमिक युनियनको राष्ट्रिय अधिवेशन आगामी फागुण २७ गते झापाको बिर्तामोडमा आयोजना गर्ने भएको छ ।

जिफन्ट उपाध्यक्ष जनक चौधरीको उपस्थीतीमा माघ १९ गते झापामा बसेको तेस्रो वैठकले अध्यक्ष सन्तकुमार राईको संयोजकत्वमा ४ सदस्यिय प्रतिवेदन लेखन र ३ सदस्यिय बिधान शंसोधन उपसमिती गठन गरेको छ ।

त्यसैगरी आर्थिक सचिव विक्रम गिरीको संयोजकत्वमा ३ सदस्यिय आर्थिक उपसमिती गठन गरेको सो बैठकमा जिफन्ट कोशी प्रदेश कमिटी अध्यक्ष किशोर धमला र उपसचिव हरी अधिकारी पनि सहभागी रहनु भएको थियो ।